बोन म्यारो ट्रान्सप्लाण्ट गर्न सहयोगको लागी हार्दिक अपिल

इनेप्लिज २०७६ भदौ २३ गते १०:३९ मा प्रकाशित

स्थाई ठेगाना दाङ जिल्ला तुलसीपुर नगरपालिका घर भइ बिगत केहि बर्ष देखि नागार्जुन नगरपालिका ९ काठमान्डौ बस्दै आइरहेको रोमहर्ष शर्माको छोरि म माया शर्मा बर्ष ३० को बिगत ७ बर्ष एता डाक्टर को लापरबाहीले गर्दा दुवै कान अपरेसन पश्चात सुन्न छोडेको छु। कानको उपचार गराउन नेपाल र भारतका विभिन्न अस्पतालहरुमा गराउदा पनि निरन्तर संग्क्रमण भैरहेकोमा अहिले बिगत एक बर्ष देखि मेरो जिबन मा फेरी एउटा नया रोगले समातेको छ। मेरो सरिरमा रगतको कमि देखिएको हुदा उपचारको क्रम मा ए पोजेटिभ एनिमिया (बोन म्यारो सम्बन्धि समस्या) देखिएको छ। मेरो सरिरमा अब रगत बनाउने सेल ५ प्रतिसत मात्र बाकि रहेको छ। मेरो उपचारमा संलग्न डाक्टरहरुको अनुसार मैले जति सक्दो चाडो बोन म्यारो ट्रान्सप्लाण्ट गर्नु जरुरि छ।

अहिले मलाइ प्रत्येक दिन रातो र पहेलो रगत(Red and yellow blood) चडाउनु पर्छ। यसरी दिनहु रगत चडाउन रगत नपाउने र सम्भब नहुने हुदा एक मात्र उपाए बोन म्यारो को ट्रान्सप्लाण्ट नै भएको कुरा डाक्टर ले बताउनु भएको छ। अहिले म जिबन र मरण को बिचमा संघर्ष गरिरहेको छु। उक्त बोन म्यारो ट्रान्सप्लाण्ट को लागि खर्च धेरै लाग्ने भएको हुदा र मेरो आर्थिक हैसियत ले सम्भब नभएकोले मेरो जिबन रक्षा को लागि सकेको सहयोग गरिदिनु हुन देश तथा बिदेश मा रहनु भएका मनकारी दाजु भाइ, दिदि बहिनिहरुमा हार्दिक अनुरोध गर्दछु।

तिन महिना पहिले बुबाको ब्रेन ह्यामरेज भइ मृत्यु भएपछि म झन् सहारा बिहिन भएकी छु। दाइ र भाइ को आर्थिक श्रोत केहि नभएको हुदा अहिले म दिल्लीमा बसोबास गर्ने दिदि को सहारामा दिल्ली को सरकारी अस्पताल (Aims New Delhi ) मा उपचार गराईरहेकोछु। घरको सम्पति मेरो उपचारको क्रममा सकियको, मेरो उपचार गराउन भारतीय रुपैया करिब ३० लाख भन्दामाथि लाग्ने र छ महिना सम्म डाक्टरको प्रतक्ष्य निगरानीमा रहनु पर्ने अस्पतालले जनाएको हुदा आफुले सकेको सहयोग गरिदिनु हुनेछ भन्ने आशा गरेकी छु। यदि दिल्ली मा कोहि हुनुहुन्छ भने Aims अस्पताल मा आइ माया शर्मा को नाम मा (रगत समूह A Positive) रगत दिइ पनि सहयोग गर्न सक्नु हुने छ।

आर्थिक सहयोग र रगत दान गर्न तथा अन्य जानकारी को लागि राधा शर्मा (India) 00919654571921
आर्थिक सहयोगको लागि बैंक विवरण एस प्रकार छ ।

Switzerland,
Sita Ojha Phuyal
Phone 0766834391
Bern, Switzerland
UBS Bank
Account No. CH82 0023 5235 2324 8840 C

India
Shailendra Pandey
New Delhi, India
Account No. 32080935760
IFSC Code. SBIN0011558

India
Nitin Upreti
Panjab Bank Indial
Account No. 2256000101013649
MICR Code. 110024420
IFSC Code. PUNB0456400

प्रतिक्रिया