एनआरएन चीनकोे महाधिवेशन सम्पन्न,प्रदीप न्यौपानेकोे नेतृत्वमा कार्यसमिति गठन

इनेप्लिज २०७६ भदौ २३ गते १:११ मा प्रकाशित

ग्वान्जौ÷चीन, गैरआवासीय नेपाली संघ चीनको महाधिवेशन ग्वान्जौमा गत ७ सेप्टेम्बरमा सम्पन्न भएको छ । ग्वान्जौ स्थित होटल क्राउन प्लाजाको सभाहलमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष सुदेश कुमार झाको सभापतित्वमा सम्पन्न भएको हो । वेइजिङ्ग स्थित नेपाली दुतावासका राजदुत लिलामणी पौडेल नेपालमा रहनुभएकाले मिनिस्टर एवं डेपुटी चिफ अफ मिसन सुशिल कुमार लम्साल प्रमुख अतिथी रहनु भएको थियो । त्यस्तै गैरआवासीय नेपाली संघ केन्द्रीय महासचिव बद्री के.सी., ग्वान्जौ स्थित महाबाणिज्य दुतावासका कार्यबाहक महाबाणिज्यदुत कुन्जन शाह र गैरआवासीय नेपाली संघ केन्द्रीय सल्लाहकार प्रितम श्रेष्ठ विशेष अतिथि रहनु भएको थियो । कार्यक्रममा गैरआवासीय नेपालीसंघ हङ्गकङ्ग अध्यक्ष टीका गुरुङ्गको पनि सहभागिता रहेको थियो ।

यस कार्यक्रमका प्रमुख अतिथी लम्सालले चीन र भारत लगायत संसारका धेरै देशहरुको विकास डायोस्पोराबाटै भएकाले नेपालको विकासका लागि पनि गैरआवसीय नेपालीहरुको लगानी र भुमिका अत्यन्त महत्वपुर्ण रहेको बताउदै गैरआवासीय नेपाली संघले संसारभरबाट बटुलेका ज्ञान, सीप र लगानीबाट नेपालमा पनि लाभ लिनु पर्ने बताउनु भयो । त्यस्तै नेपाली नागरीकता नत्यागेका गैरआवासीयको हकमा विदेशबाटै निर्वाचनमा सहभागि हुन पाउने विषयमा पनि सरकार गम्भिर रहेको बताउनुभयो । साथै विदेशमा रहेका हरेक क्षेत्रका नेपाली विज्ञहरुबीचमा सेमिनारहरु चलाई नेपालमा पनि आफ्नो विज्ञता नेपालमा प्रयोग गर्ने वातावरण मिलाउनु पर्ने बताउनु भयो । एनआरएनहरुले सबै क्षेत्रमा हात हाल्नु भन्दा पनि कुनै निश्चित क्षेत्रहरु जस्तै सुचना, संचार, शिक्षा एवं लगानीमा मात्र ध्यान दिनुपर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी केन्द्रीय महासचिव केसीले देश विकासको जिम्मा एनआरएनको काँधमा आएकोले सबै गैरआवासीयहरुले आफ्नो कमाईको केहि प्रतिशत नेपालका उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भयो । गैरआवासीय नेपाली संघमा विगतमा राजनितिले केहि प्रवेश पाएता पनि आफू महासचिव भएपछि भने धेरै कढाई गरेकाले राजनितिक विचारधारा बोकेकालाई सस्थामा प्रवेश निशेध गरेको बताउनु भयो । संस्था एकासी देशमा विस्तार भैसकेकाले पुरानै शैलीमा लैजान नहुने बताउदै आफू महासचिव भएपछि नै अहिलेको सुचना प्रविधिको युगमा संस्थालाई अनलाईनबाटै सदस्यता लिनुपर्ने वाध्यात्मक नियम लगाइसकेपछि संस्था धेरै पारदर्शि हुनुका साथै सदस्यता पनि अझ बढेको जानकारी गराउनु भयो । आफूले २१.३ मेगावाटको ठुलो खोला जलविद्युत आयोजनाको नेतृत्व गरेकोमा आफूलाई विश्वास गरेर अत्यन्त थोरै नेपालीहरुको बसोबास रहेको चीनका साथीहरुबाटै साढे चार करोड लगानी आएकोमा आफूलाई अत्यन्त खुशीलागेको बताउनुभयो ।

अध्यक्ष झा ले केन्द्रले आफूलाई विश्वास गरेर तदर्थ समितिको नेतृत्व दिएकोमा धन्यवाद दिदैं आफूले जिम्मेवारी पाएको छोटो अवधिमा पनि पुर्ण कार्यकाल सरह काम गरेको र तोकिएको समय भित्रै अत्यन्त कुसलतापुर्वक निर्वाचन मार्फत नयाँ कार्यसमिति गठन गर्न सफल भएकोमा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो । विशेष अतिथी कार्यबाहक महाबाणिज्यदुत, आइसीसी सल्लाहकार प्रितम श्रेष्ठले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो । त्यस्तै गैरआवासीय नेपाली संघ चीनकी अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य श्रीमती अमृता थापाले एनआरएन चीनको संस्थापनाकाल देखिनै अत्यन्त सकृय रहदै आएता पनि हालसम्म चीनबाट केन्द्रमा सहभागिता नरहेको बताउदै आफू चीनमा महिला संयोजक, अध्यक्षहुदै आईसीसी सदस्य भईसकेको र अब केन्द्रमा पनि एनआरएन चीनको प्रतिनिधित्व गर्दै एशिया प्रशान्त क्षेत्रीय सहसंयोजक (डिआरसी)मा उम्मेद्वारी दिने घोषणा गर्नु भयो ।

कार्यक्रममा महासचिव सुशिल बेल्बासेले वार्षिक प्रतिवेदन पेश गर्दै हालसम्म एनआरएन चीनले नेपालमा दैवी प्रकोपबाट क्षती पुगेको समयमा जहिले पनि अन्य सबै एनसीसी भन्दा उत्कृष्टरहि सहयोग गर्दै आएकोमा अब भने केवल राहत र परोपकारमा मात्र सिमित नभई उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रकृया अघिबढीसकेको बताउनु भयो । सोहि कार्यक्रमबाटै ठूलो खोला जलविद्युतको लागि चीनबाट चार करोड लगानी गर्ने कबोल गरीएको जानकारी गराउनु भयो । कोषाध्यक्ष यम बहादुर क्षेत्री (ओम)ले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने संरक्षक नविन वि.क.ले केही असन्तुष्ट साथीहरुलाई पनि नयाँ नेतृत्वले समेटेर लैजानु पर्ने बताउनु भयो ।

त्यस्तै अर्का संरक्षक राजन कुमार जमकट्टेलले यहाँ बसोबास गर्ने सबै नेपालीहरु ब्यवसाय गरी बसेकाले केन्द्रले बारपाकमा इट्टा बनाउने मेसिन खरिदबाट पाठ सिकेर चीनबाट आयात हुने हरेक सामानको खरिदमा गैरआवासीय नेपालीसंघ चीनसंग छलफल गरीसकेपछि मात्र खरिद प्रकिया अघि बढाउन अनुरोध गर्नुभयो । कार्यक्रमको संचालन विष्णुहरि भण्डारी, खुश्बु अग्रवाल र यादव अर्यालले गर्नुभएको थियो ।

यही अगष्ट २४ मै निर्विरोध निर्वाचित भइसकेको नयाँ कार्यसमितिमा अध्यक्षमा प्रदिप न्यौपाने, उपाध्यक्षमा सुशिल बेल्बासे र खुश्बु अग्रवाल, महासचिवमा यम बहादुर क्षेत्री (ओम), सचिवमा तिर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्ष रन्जिता आचार्य, सहकोषाध्यक्ष बलराम तामाङ्ग (लामा), महिला संयोजक सविता वर्तौला, युवा संयोजक सुरज न्यौपाने र सदस्यहरुमा तुलसी न्यौपाने, संदिप खनाल, यादव अर्याल, विजय कुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मिर्जा राशिद वेग, मोहन मैनाली, नवराज तिमल्सिना र प्रदिप सिंहलाई केन्द्रय महासचिव केसीले सपथ ग्रहण गराउनु भएको हो । चिनको आइसीसी सदस्यमा भने नविन वि.क. निर्वाचित हुनुभएकोछ । नवनिर्वाचित अध्यक्ष प्रदीप न्यौपानेले सपथ लिनासाथ आफूले गैरआवासीय नेपाली संघ चीनलाई सामाजिक संस्थाको रुपमा दर्ता गर्ने दृढ संकल्प लिएको र यसकालागि ग्वान्जौ स्थित नेपाली महाबाणिज्यदुतावासबाट पहल भइसकेको बताउनुभयो ।

प्रतिक्रिया