केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न ।

इनेप्लिज २०७६ भदौ २२ गते २३:३१ मा प्रकाशित

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत ।

केवाईसी यूकेले गत वर्ष चुम्लुङ्देन (संस्थाको जग्गा) किनेपछि हिम (घर) बनाउनको रकम सङ्कलन गर्नको लागी गत ८ जुलाई २०१९ को दिन बेलायतको अल्डरसटमा एक च्यारीटी डिनर नाईटको आयोजना गरेको हो ।

उक्त डिनर नाईटमा रकम सङ्कलन गर्नको लागी डिनरको टिकट र विभिन्न दाताहरुले दिएको सामग्रीहरु: लीम्बु नेपाली शब्दकोष, लीम्बु मुन्धुम पुस्तकहरु, च्याभ्रुङ्, तोङ्बा ढाँकाका लुगा तथा सामग्रीहरु अक्सनमा राखिएको थियो । यि सामग्रीहरुमा धेरै जसो अत्याधिक मुल्यमा अक्सन लागेको थियो ।

यसै डिनर नाईटलाई अवसर पारेर संस्थाले गरेको गतीविधिका सम्मान–पत्र र प्रसंसा–पत्र प्रदान गरेको थियो जस्माः चुम्लुङ् अवार्ड, यलम्बर अवार्ड, यालाङ् सम्मान –पत्र, सर्वोकृष्ट लीम्बु पहिरन, केःलाङ् अवार्ड साथै प्रसंसा–पत्रहरु सवतरण गरिएको थियो ।

अतिथिहरुमा नेफिन यूकेका अध्यक्ष जङ्ग सुनुवार, किराया यूकेका अध्यक्ष सुमन चन्द्र राई, पाँचथर समाज यूकेका अध्यक्ष चन्द्र सुन्दास, तेह्रथुम समाज यूकेका अध्यक्ष डम्मर सिङ्गक् लीम्बु, धरान समाज यूकेका अध्यक्ष सुर्यमान गुरुङ्ग, महिला समाजका अध्यक्ष शान्ताकला राई फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ् राई साथै नेपाल बाट आएका कलाकारहरुः गायक ब्रबिम शेर्मा, साहित्यकार तथा लेखक खगेन्द्र पन्धाक, नायिका सुमी लीबाङ् लीम्बु र मेडिया कर्मि विश्व लीम्बुहरु आसिन थिए भने केवाईसी यूकेका अध्यक्ष तिल बिक्रम सम्बाहाङ्फे कार्यक्रमको सभापतित्व गरेको उक्त कार्यक्रमालाई महासचिव गणेश ईजमले सञ्चालन, सुरक्षा जानकारी बरिष्ट उपाध्यक्ष नगेन्द्र नेम्बाङ्, स्वागत मन्तब्य कार्यक्रम सम्योजक धन काम्बाङ्ले दिएका थिए ।

कार्यक्र दिउसो ३ बजे बाट सुरु भएर साँझ ९ बजे सकिएको सो कार्यक्रममा नायिका सुमी लीबाङ्ले नृत्य प्रस्तुत र सुरेन्द्र इङ्नामले मिठो बाँसुरीको धुन पस्किएका थिए ।

प्रतिक्रिया