भो अहिले नेपाल नआउनु !

इनेप्लिज २०७६ भदौ २२ गते १२:५० मा प्रकाशित

भेट्ने फुर्सद फिटिक्कै मिलेन
मनमा भएनी समयले दिएन
भो अहिले नेपाल नआउनु
“पैंचो टार्नु छ” प्रवासीनै हुनु

अहिले त साह्रै बिवसमा छौं
उधारोमा माया साटमला
बाँधिएका बांकी कसमहरु
किस्तामा मिलामला

घरजम गर्न जवानी छंंदैछ
पसीनाका मयलहरु पनि
किस्तामा पठाउनु
अल्झिएर कतै भुलेर
सिरानी चाहीं नभिजाउनु

बिश्वास भन्ने मनैले हुन्छ
नभए साक्षी किस्तामा पठामला
अनेकौं गर्न बाकी वार्ताहरु
भन्दै गर्छु उधारो किस्तामा

अल्का मल्ल
काठमाण्डौं

प्रतिक्रिया