कुन राेग लागेकाले फिजियाेथेरापी गर्ने ? गर्भवती महिलाले फिजियाे गर्दा यस्ताे फाईदा हुन्छ

इनेप्लिज २०७६ भदौ २२ गते ३:०६ मा प्रकाशित

विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसियशन गण्डकीले स्कुल अफ हेल्थ एण्ड एलाईट्स साईन्सेस्को सहयोगमा मानव अधिकारचोकमा शिविर गरेको हो ।

शिविर १ सय ४८ जनालाई सेवा उपलब्ध गराइएको एशोसियशनका उपाध्यक्ष डा अजितकुमार पाण्डेले जानकारी दिए । शिविर उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले सबै सरोकारवालासँग समन्वय गरी प्रदेशस्तरीय स्वास्थ्य ऐन बनाइने बताइन् । उनले हरेक स्थानमा स्वास्थ्यका चेतनामूलक कार्यक्रम आवश्यक रहेको भन्दै समयमा नै आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्नेमा जोड दिइन् । उनले म्याग्दी, पर्वत र स्याङ्जामा डायलासिस सेवा केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिइन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले हाड, जोर्नी र नशाका बिरामीका लागि औषधिभन्दा व्यायाम आवश्यक रहेको बताए ।

वरिष्ठ चिकित्सक डा बसन्त ताम्राकारले पछिल्लो समय निजी अस्पतालले पनि प्राथमिकताका साथ फिजियोथेरापी सेवा शुरु गरिरहेको बताए । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले धेरै व्यक्तिमा हाड, जोर्नी र नशाको समस्या बढीरहेको भन्दै सरकारले फिजियोथेरापी सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । पोखरा विश्व विद्यालय बीपीटी कार्यक्रम संयोजक विजय सुवेदीले स्वास्थ्य क्षेत्रका अनुसन्धनात्मक गतिविधिलाई जोड दिदै आएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दिननाथ बराल, स्वास्थ्य पत्रकार ऋषि खतिवडा, पोविवि बीपीटी कार्यक्रमका उपप्राध्यापक दीपक जोशी लगायतले बोलेका थिए । एशोसियशनका अध्यक्ष खड्कसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव डा शिव तिवारीले स्वागत र फिजियोथेरापिष्ट स्वीकृति पौडेलले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया