| पाथिभरा माता कि जय || पुजारी सहित

इनेप्लिज २०७६ भदौ २० गते २२:५४ मा प्रकाशित

पुर्बी नेपालको ताप्लेजुङमा अवस्थित धार्मिक पर्यटकिय छेत्र एवम शक्ति पिठ पाथिभरा देबि को दर्शन गर्न देश बिदेश बाट आउने भक्तजन को घुइचो लाग्ने गरेको छ । बार्है महिना भक्तजनको घुइचो लाग्ने गरेको सो मन्दिरमा दर्शन गर्ने र आफ्ना इच्छा र मनका कामना पुराहुन भन्ने आशिर्वाद प्राप्त गर्नकालागी भक्तजनहरु मन्दिर जाने गरेका छन भने यस्ले नेपालको आन्तरिक पर्यटनमा समेत ठूलो महत्त्व राख्दै आएको छ ।

अत्यन्त पहाडी दुर्गम स्थानमा अवस्थित उक्त धार्मिक स्थलमा जाने भक्त जनले के कस्ता सावधानी अपनाउनु आवस्यक छ भन्ने विषयमा भक्तजनहरु सगै गरिएको कुराकानी मा भक्तजनका मिश्रित र महत्व पुर्ण प्रतिक्रिया र सुझावहरु समेत प्राप्त भएका छन भने त्यस छेत्रको महत्व र माता पाथीभरा देबिको भक्ती महिमा समेत ब्यक्त भएको छ । काठमाडौ ,पोखरा ,झापा देखि मुलुकका विभिन्न स्थानबाट भक्तजन त्यहा पुग्ने गरेका छन भने भारतको सिक्किम ,दार्जीलिङ ,बाट समेत भक्तजनहरु त्यहा पुग्ने गरेका छन ।

प्रतिक्रिया