कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण

इनेप्लिज २०७६ भदौ १९ गते ९:५१ मा प्रकाशित

काठमाडौं, भदौ १९ गते । कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डेंगु संक्रमणका कारण ज्वरो बढेपछि ग्राण्डी अस्पताल भर्ना हुनुभएको छ ।

मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको छ । मन्त्री खनाललाई बुधबारबाट अस्पतालमा भर्ना गरिएको उहाँका प्रेस संयोजक बोमलाल  िगरीले बताउनुभयाे ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुग्नुभएको थियो ।

डेंगु संक्रमणको आशंकामा अस्पतालले उहाँलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएपछिट साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेको थियो ।

थप उपचारका लागि ग्राण्डी अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले रिफर गरेको हो ।
मन्त्री खनाल भदौ ७ गते हेटौंडामा पुग्नुभएका कारण उहाँलाई उतैबाट डेंगु रोग सरेको हो कि भन्ने आशंका लागेको संयोजक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया