धर्म निरपेक्ष कि शर्म निरपेक्ष?

इनेप्लिज २०७६ भदौ १८ गते २२:३२ मा प्रकाशित

भाइ मारेर नपुगेर गाइ नि मार्न थालेउ !
एकै चिहान पर्ने गरि भिरैबाट फालेउ।

न त खा थिए तिम्रो बाली न त तिम्रो अन्न
कस्तो आत्मा तिम्रो कठै जाओ मार भन्न !

थुनबाट दुध झर्दा सम्म तिनलाई दुहि खायौ
भोको पेट लौरो लगाइ हलो तान्न लायौ

पुरा भयो आफ्नो स्वार्थ घाँडा भए तिनि
आमा सरि पुजेका ति दुधै समेत दिनि

अटेनन् ति कठै आज तिम्रा बस्ति माँझ
गौमाताको हत्या गर्ने आयो कस्तो राज !

प्रकृतिको चक्र हो त्यो सबको आउछ दिन
बेला तिम्रो नभइकन काल नि आउन्न लिन

समयको गतिसङ्गै उमेर बढ्दै जाँदा
तिमी पनि घाँडै होउला बुढ्यौलीले खाँदा

बुढेसकालमा तिम्लाई पनि गाइलाई जस्तै गरि
बृद्धाश्रममा लान्छौ भन्दै कोचि टड्क भरि

घाँडो सम्झि यसैगरि बिचबाटोमा फाल्दा
कृष्णभिरको बाटो लगि त्रिशुलीमा हाल्दा

कस्तो होला तिम्लाई पनि गाइलाई जस्तै गर्दा
मध्यरातमा घुसुल्टिएर खोला भरि पर्दा

गाइको मात्रै के कुरा भो कुकुरैलाइ पनि
मान्छे खटाइ चुट्दै मार्छौ तिन्लाई गनि गनि

पक्रिएका कुकुरलाई नि कठै छानि छानि
चौबाटोमा कुटि मार्छौ चिरपटले हानि

नाटक गर्दै पुज्नि अझ गाइ र कुकुर दुबै
सनातनि धर्म भन्दै अर्थ लाँउदै खुबै

धर्म निरपेक्ष हो कि शर्म निरपेक्ष ?
टिठै लाग्दाे ब्यबहार तिम्रो कुन हाे पुग्ने लक्ष

अर्जुन राज पन्त
ब्यङ्ग्य कवि पन्तको कोइली ब्यङ्ग्य काब्य छिट्टै बजारमा आँउदैछ

प्रतिक्रिया