एनआरएनए आइसीसी उपाध्यक्ष पदमा नरेन्द्र भाटको उम्मेद्बारी घोषणा

नबराज बि क २०७६ भदौ १८ गते ४:५९ मा प्रकाशित

नबराज बि क (कतार )- गैरआवासीय नेपाली संघको आगामी (२०१९-०२१)कार्यकालका लागी कतारबाट मानार्थ सदस्य नरेन्द्र भाटले उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको कार्यसमिति सदस्य हुदै महासचिव देखी अध्यक्ष तथा गल्फ संयोजकको नेतृत्व समेत प्रदान गरेका भाट आइसीसी सल्लाहकार हुदै हाल मानर्थ सदस्य समेत रहेका छन् ।

एनआरएनएको अभियानमा मध्य पुर्ब बाट महत्त्वपूर्ण भुमिका निर्वाह गरेका भाट बिगतमा पनि उपाध्यक्षको उम्मेद्बारी दिएता पनि जिम्मेवारीमा पुग्न सकेका थिएनन् । यस पटक भने सबैको साथ र समर्थन अपिल सहित आफू एनआरएनएको अभियान लाई निरन्तर दिदै उम्मेद्बारी दिन लागेको बताए ।

उनले वैदेशिक रोजगारी लाई मर्यादित र ब्यबस्थित बनाउन विशेषत श्रमिक मजदुरहरुको हितमा समस्या पहिचान गरि समाधान गर्न नेपाल सरकार सग पहल गर्ने भन्दै शुरूवाती अवस्थामा निकै तातेको मुद्दा १८३ दिन पुगेका लाई एनआरएनए मान्नु पर्ने भनिरहदा कानुनी अडर्चन देखाउदै ठोस छलफल नै नभई ओझेलमा पारिएको हुदा आफू नेतृत्वमा जादा उक्त एजेन्डा प्रमुख रूपमा अगाडी बढाउने बताए ।
उनले वैदेशिक रोजगारी बाट फर्किसकेका नेपालीहरु लाई स्वदेशमा नै स्वरोजगार बनाउन विशेष योजना सहित कार्ययोजना बनाउने र सिकेको सीप र क्षमता लाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने हुदा नेपाल सरकार सग समन्वय गरेर परियोजना बनाउन लागी पर्ने बताए ।

गैरआसीय नेपाली संघको नबौ विश्व सम्मेलन आउदो महिनाको अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौ हायत होटेलमा हुदैछ ।

प्रतिक्रिया