कन्सुलर सेवा सम्बन्धि २ दिने कार्यशाला सम्पन्न

इनेप्लिज २०७६ भदौ १८ गते ०:४८ मा प्रकाशित

क्यालिफोर्नियामा नेपाली राजदूताबास, वाशिंगटन डि सी र अवैतनिक महाबाणिज्यदूत ऋषि ढकालको प्रत्यक्ष सहयोगमा ,एन आर एन अमेरिका र नान्स (NANC) को आयोजनामा कन्सुलर सेवा सम्बन्धि २ दिने कार्यशाला सम्पन्न भयो ।

प्रवासी नेपालीहरुको हितमा समर्पित गैर्ह आवासीय नेपाली राष्ट्रिय समन्वय समिति अमेरिका स्थानीय सामाजिक संघ-सस्थाहरू संग समन्वय, सहकार्य गर्दै विभिन्न सामाजिक कार्यमा सरिक भएको थियो । यसै क्रममा अगस्ट ३१ देखि सेप्टेम्बर १ दुई दिन क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियाको सान पाब्लोमा कन्सुलर सेवाको कार्य सम्पन्न गरिएको थियो । यस कार्यक्रममा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरले स्थानिय सामाजिक सस्था नोर्देन क्यालिफोर्निया नेपाली संघ (NANC) संग सहकार्य गरेको हो ।

यस कार्यक्रम बाट प्रत्यक्ष रुपमा पश्चिमी क्षेत्र का १७९ जना नेपालीले लाभ उठाएका थिए । यो कार्यक्रम सम्पन्न गर्न नेपाली राजदुतावास ले आफ्ना तीन जना कर्मचारीहरू (प्रथम सचिव चक्र सुबेदी , सहचारी जनक सिंह र रामजी दाहाल ) खटाएको थियो । उक्त क्षेत्रका अबैतानिक महा-बाणिज्यदुत ऋषि ढकालको सक्रिय सहभागिता रहनुका साथै उक्त कार्यक्रमको ब्यबस्थापन र संयोजन NRNA NCC California Chapter का अध्यक्ष सुरेन्द्र मल्ल र NANC का अध्यक्ष इश्वर सिटौला ले मिलाउनु भएको थियो।

एन आर एन अमेरिका ,प्रवासी नेपालीको हरेक सुखदुख मा साथ् रहदै आएको छ र सधै साथ् रहनेछ । अमेरिका मा नेपालीहरुको हकहित मा विभिन्न सामाजिक कार्य गरिरहेका हरेक नेपाली सामाजिक संघ सस्था संग समन्वय गरेर हरेक कार्यमा सहकार्य गर्न तयार रहेको र गरिपनि रहेको कुरा एन आर एन अमेरिका अध्यक्ष सुनिल साहले पटक पटक व्यक्त गरिरहनु भएको छ । अमेरिका भरिनै पालै संग यस्ता कार्यक्रमहरु लिएर आउने कुरा को जानकारी दिदै क्यालिफोर्निया लगाएत पश्चिम क्षेत्र का सम्पूर्ण नेपाली जनता ले लाभ उठाउनु हुन् अनुरोध गर्नु भएको कुरा समेत जानकारी गराईएको छ ।

धन्यवाद !

ओम भट्टराई
प्रबक्ता , एन आर एन ए , एन सी सी अमेरिका

प्रतिक्रिया