ईटहरी/ नेपाली कथानक चलचित्र मारुनी यहि भदौ १३ गतेबाट देशभर रिलिज भएको छ । त्यहि दिनबाट हिन्दि फिल्म साहो पनि रिलिज भएको थियो । साहोले गर्दा मारुनीको ईटहरी लगायत पुर्व संगै देशै भरिको ब्यापार प्रभावित भएको थियो । तर तिजको अवसर पारेर सार्बजनिक प्रदर्शनमा आएको मारुनिले पुर्वमा भने तिजको दिन बम्पर ब्यापार गर्यो । पुर्वका अधिकांस सिनेमा हलहरुमा साम्राज्ञी र पुष्प अभिनित मारुनी हाउस फुल भएको छ । यति मात्र हैन धेरै दर्शकले टिकट नपाएको गुनासो समेत गरेका थिए । मारुनी फिल्म हेर्न हलमा आएका दर्शक टिकट नपाएर निरास भएर फर्केका थिए भने बुकिङ्ग गरिएको टिकट पनि नपाउदा हलमै अर्को शो कुरेर बस्ने दर्शक पनि भेटिए ।
तिजको मुख्य दिन पुर्वका अधिकास हलहरुमा हिन्दि फिल्मलाई पछि पार्दै मारुनी अत्याधिक चलेको देखिन्थ्यो । फिल्म हेरेर फर्केका दर्शकको अनुहारमा खुशि देखिन्थ्यो, दर्शकहरु भन्थे “हामीले सोचेको भन्दा राम्रो लाग्यो मारुनी फिल्म” कतिले अझै पनि मारुनीको लागि हल आउने समेत बताउथे । सबैलाई स्टोरी राम्रो लागेको र फिल्मको क्लाईमेक्सले आफुहरुलाई बाधेको र त्यति ले नै पनि आफ्नो लगानी उठेको महसुश भएको दर्शक बताउछन ।
हामीले ईटहरिमा अवस्थित इलाईट सिनेमा हलका म्यानेजर नवराज केसीलाई सोध्यौ, मारुनी फिल्मको व्यपार कस्तो छ ? उनि “नेपाली फिल्म र हिन्दि फिल्म जुध्दा नेपाली फिल्म राम्रो छ भने हिन्दि फिल्मले केहि असर गदैन्, हिन्दि फिल्म २/४ दिन चल्छ त्यसपछि चल्दैन तर नेपाली फिल्म बिस्तारै चल्छ तर धेरै दिन सम्म चल्छ र धेरै राम्रो व्यपार समेत गर्छ । आज हाउस फुल हुदा मैले मारुनी फिल्म हेर्न आउने दर्शकलाई टिकट दिन नपाउदा दर्शक फर्काउनु पर्दा मलाई नरमाईलो लागेको छ । सुक्रबार र सनिबार मारुनीको व्यपार राम्रो थिएन तर आईतबारबाट मारुनीको व्यपार आक्रामक हुन थालेको हो, फिल्म चल्नु पुर्व नै मारुनीको टिकट बिक्री भैसकेको हुन्थ्यो ।”
पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई ‘मंगलम’ फेम्ड निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह-निर्मातामा छन् । चलचित्रलाई संजय लामाले खिचेका हुन् । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का संगै नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ ।
प्रतिक्रिया