गैरआवसीय नेपाली संघको उपाध्यक्ष पदमा बद्री के शी उम्मेदवारी दिदै

नबराज वि.क २०७६ भदौ १७ गते ४:५५ मा प्रकाशित

नबराज वि.क(कतार)–गैरआवसीय नेपाली संघको विश्व सम्मेलनको तयारी नजिकिदै गर्दा विभिन्न पदमा आकाक्षा राख्दै उम्मेदवारी आउने क्रम जारी रहे सगै बर्तमान महासचिब डा. बद्री के.शी ले आगामी कार्यकालका लागी उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

आसन्न एनआरएनए आइसीसीको नबौ महाधिबेशनको दौडमा रहेका केशी ले एनआरएन लाई साझा र पारदर्शी बनाउन सबैको महत्वपुर्ण भुमिका रहेको भन्दै एनआरएनको अभियान लाई सार्थक बनाउन आफू अगाडी बढ्ने बताए ।

एनआरएनएको स्थापना काल देखि नै सक्रिय रहदै आएका डा. के शी राष्ट्रिय समन्वय परिषद रुसको महासचिव हुँदै आइसीसी सदस्य देखि कोषाध्यक्षको जिम्मेवारी समाल्दै लगातार दुई कार्यकाल आइसीसी महासचिव पदमा रहेर निती र नेत्तृत्व लाई थप उचाईमा पु¥याउन सफल भएका छन् ।

डा. के शी कोषाध्यक्षको कार्यकालमा संघलाई आर्थिक पारदर्शी एवं सशक्त बनाउन खेलेको भुमिका एनआरएन बृतमा चर्चामा छ । एनआरएनएको बिभिन्न कार्यदलमा रहेर काम गरेका अनुभबी र दक्षता समेत मानिन्छन् ।

एनआरएनको मेघा प्रोजेक्टको रुपमा लिएको लाप्राक बस्ती पुनर्निर्माण र संघको केन्द्रिय कार्यलयको निर्माण तथा सङ्खमूल निर्माण लाई पुरा गर्न महासचिबको हैसियतले महत्त्वपूर्ण भुमिका निभाएका छन् । प्रत्येक राष्ट्रिय समन्वय परिषदका सदस्यहरुलाई केन्द्र बाट नै सदस्यता कार्ड वितरण गर्ने देखि एन आरएनको वेभ साइड लाई आइसीसीको मातहतमा सहज र ब्यबस्थित बनाउन प्रभावकारी भुमिका खेलेका थिए।

प्रतिक्रिया