रमाईलो तीज

निलु झा खतिवडा डेलावर , यू एस ए २०७६ भदौ १६ गते २३:५१ मा प्रकाशित

एक दिनको रमाईलो
एकै दिनको तीज
यति राम्रो हाम्रो सस्कृति
जोगाई राखौ हामी बीच।

जिम्मेवार नारी ,सबैकी प्यारी
शब्दमा मात्र होइन ,अनुशरणमा पनि अगाडी
प्रयास मेरो राम्रो शन्देस दिने
जहा भए नि मातृभूमि कै लागि सोच्ने।

गर्व गर्नु पर्ने सस्कृति हाम्रो
माया र ममताको खानी नै राम्रो
परै बसिदेउ बिकृति तिमी
डरै लाग्छ आखा लगाउछौकि कुन्नि।

सोच हाम्रो बदलिनै सक्यो
समझदारी र बराबरीमा उभिन सक्य्यो
समाज पनि बदलेर छोड्छौ
उदाहरण नयाँ पिडी लाई दिन्छौ।

निलु झा खतिवडा
डेलावर , यू एस ए

निलु झा खतिवडा
डेलावर , यू एस ए

प्रतिक्रिया