नैरोबी, केन्या
आज मिति बि.स. १५ भदौ २०७६ का दिन गैर आवासीय नेपाली संघ ,केन्याले नैरोबी मा तीज कार्यक्रम २०७६ को आयोजना गरेको थियो । उक्त कार्यक्रम मा केन्या मा रहनु भएका सम्पूर्ण नेपाली दिदि, बहिनीहरु तथा दाजु भाई र मान्यजनहरु लाइ हार्दिक निमन्त्रणा गरिएको थियो।
कार्यक्रम बिहान ११ बजे देखि सुरु भई बेलुका ५ बजे सम्पन भएको थियो । तीज २०७६ को बिशेस कार्यक्रम श्रीमती कुमारी जी .सी . द्वारा सु- सम्पन्न भएको थियो भने संघ का अध्यक्ष कृष्ण दत्त भट्टले आगन्तुक सम्पूर्ण महानभाव हरु लाई स्वागत गर्नु भएको थियो ।
नेपाली महिला दिदि बहिनि को बिशेस चाड भएकोले नेपाली सस्कृति अनुसार नाच गान गरि रमाइलोका साथ् उक्त कार्यक्रम सम्पन्न भएको छ।उक्त अवसर मा उपस्थित हुनु भएका सम्पूर्ण महानभाव ज्यु मा गैर आवासीय नेपाली संघको तर्फ बाट संघ का महासचिव सुरज डुम्रेले हार्दिक धन्यबाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
प्रतिक्रिया