मेरो सपनाको बस्ति ‘सानो सुन्दर नेपाल’ अमेरिकामा !

महेश भट्टराई ,मेरिल्याण्ड, २०७६ भदौ १५ गते १५:४३ मा प्रकाशित

बिहान चियाको चुस्कि होस वा साझको चुस्कि साथी संगै बसेर पिउने, बिहान साझको वाकिड साथी संगै शुख दुख बाड्दै हिड्ने । केहि मिठो पकाउदा कचौरीमा हालेर ल चाख न भनि आफ्नै पाक मा गौरव गरि रमाउने। छोराछोरी घरै भित्र दौडिदा हैरान पार्दा, फोन वा टि भि मा टासिदा साथी भए पछाडि बाहिर दुबोमा कति खेलेर रमाउथे होला !
नेपालबाट बाबुआमा आउदा नेपाली छिमेकी भए कति रमाउदै गफ चुट्दै होला भनेर कल्पना र पिडा महशुस गर्ने एक्लै घर किनेर बसेका हरेक नेपालीको मनमा हुन्छ जस्तो लाग्छ ।

नेपालीहरू बाक्लो बसोबास ठाऊहरू अर्थात स्टेट र काउन्टीहरूमा जनसंख्या, आबस्यकता र माग लाई हेरेर धेरै जग्गा किन्ने र custom home बनाउने वा वनाउन ठेक्कामा दिने ।
यो कुनै पनि ५०१c मा दर्ता भएको NRN लगायत कुनै पनि संघ सस्थाले नाफा मुलक कार्यमा लगानी गर्न मिल्दैन । तर
दृढ संकल्प, सबै एक भै NRN र समुदायका संघसस्था र नेतृत्वहरू मिलेर यो नेपालीको सुन्दर बस्ति बस्न शंभव छ ।

जुन बस्ति भित्र निम्न सुबिधाहरू उपलब्ध भएको होस ।

१ .माग र आवश्यकता हेरि दुई लाख देखि चार/पाच लाख सम्मको बिभिन्न साइज र सुबिधा भएको टाउन हल र सिगल घर बनाउने ।
२ .आबश्यकता अनुसार कम्तिमा दुई तिन सय हट्ने कम्युनिटी भवन/ पार्टी हल बनाउने ।
३ .स्वमिंग पुल, जिम हल, भलिबल, ब्याड मिन्टन, टेबल टेनिस, बास्केट बल कोर्ट बनाउने
४ .नेपाली लाइब्रेरि कक्षा, नेपाली भाषा कक्षा, नेपाली संस्कृती कक्षा बनाउने र शुरू गर्ने ।
५ .Children play ground बनाउने
६ .कम्पाउन्ड भित्रै सानो नेपाली कलाको मन्दिर बनाउने
७ .वरिपरी वाकिड ट्रेल र सानो गाऊले चौपारी बनाउने
८ .गेटमा बुद्द वा पशुपतीको मुर्ति राख्ने
९ .Quotation गरि कुनै पनि अमेरिकन वा नेपाली construction company लाई ठेक्कामा बनाउन दिने ।
१० .मोरगेज कंपनी संग समन्वय लोनको ब्यबस्थापन समेत गर्ने ।
११ .सम्पूर्ण Demand, Data collection, Facilitator को काम हरेक राज्यमा भएका NRN, संघसंस्था र नेतृत्वले गर्ने ।
१२ .बढिमा ५ बर्ष भित्र यो योजना पुरा गर्ने ।

कल्पना गर्नोस त यदि यस्तो कम्युनिटी बन्यो भने हाम्रा बाबुआमाहरू कति हासी खुशी साथ यो समुदाय भित्र जिवन बिताउने छन होला । संगै बिहान साझ घुमाई, चिया गफ, चौपारी गफ, चाडवाढ सबै संगै संगै बिताउने छ्यौ । गाऊको सानो सुन्दर नेपाल सृजना हुनेछ ।

के यो शंभव छ ?

यो सकारात्मक सोच, बिश्वास र एक भै हामी सबै मिलेर अगाडि बढेमा शंभव छ ।

सबै संगै बस्ने सोच र कल्पना लाई ब्यबहारमा उतार्न मिलेर लाग्यो भने । नत्र अमेरिकामा तिन लाख NRNA नेपाली, तिन हजार संघसंस्था र समाजसेबीको बिल्ला, खाता माला, नेतृत्वमा हानथाप, जातपात, नेपाली राजनिती को सबै पशुपति मै गएर सेलाऊं । नेपाली भाषा संस्कृतीको गफ लस भेगस तिर लगेर सेलाऊं ।नेतृत्वले नेपाली मन र भावना संग खेलवाड नगरे कै राम्रो ।

आज हामी संग धेरैको फरक फरक ठाऊमा आ-आफ्नो घर भए पनि बेचेर वा भाडामा दिई उक्त बस्तिमा संगै बस्न सक्छौ ।
सहमत हुनुहुन्छ भने आउनुस सबै मिलेर हातो मालो गरौ ।

यसको शुरू आजै बाट हरेक संघसंस्थाले आ आफ्नो एजेन्डामा राखेर छलफल र सहजिकरणको भुमिकामा खेल्न सक्दछ ।

संगै बाचौ ! संगै हासौ ! संगै दुख बाडौ ! संगौ रमाऔ ।

महेश भट्टराई

प्रतिक्रिया