ब्राम्प्टन, क्यानेडियन नेवाः गुठिले बर्षेनी आयोजना गर्दै आएको ” समय बजि” कार्यक्रम यस बर्ष ब्राम्प्टन नगरको सहयोगमा बिशेष रुपमा सम्पन्न भएको छ । गत शनिबार अगस्त्ट २४ का दिन ब्राम्प्टन स्थित चिन्गुकुजि पार्कमा आयोजित सो कार्यक्रममा अतिथिहरुलाई धिमे बाजा बाट स्वागत गर्दै कार्यक्रम स्थल सम्म ल्याए पछी ब्राम्प्टन नगरका मेयर पाट्रिक ब्राउन तथा ब्रोक बिस्वबिद्यालयका प्राध्यापक डा. टम ओ नीललाई भक्तपुरको मौलिक कालो टोपि लगाएर तथा संघिय सांसद माननिय सोनिया सिधुलाई खास्टो लगाई अतिथि सम्मान गरेका थिए । त्यसपछि गुथिका अध्यक्ष प्रकाश प्रधानले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने महा सचिब बिमल श्रेस्थले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भयो । त्यसपछी सबैको शुभकल्याणको लागि नेपाली लोक सांगितिक टोली “हिमालयन भाईब्स” ले मंगल धून प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा बोल्नु हुन्दै प्रमुख अतिथि ब्राम्प्टन नगरका मेयर पाट्रिक ब्राउनले ब्राम्प्टन नगर बिभिन्न समुदायको बसोबास भएकोले सजिब सांस्कृतिक बिबिधता भएको नगर हो भन्नु भयो ।साथै उहांले नेपाल भ्रमणको स्मरण गर्नु हुन्दै नेपाली समुदाय संस्कृतिमा धनि रहेको बताउनु भयो ।कार्यक्रमका बिशेष अतिथि संघिय सांसद माननिय सोनिया सिधुले नेपाली समुदाय संग आफ्नो घनिस्टता रहेको बताउनु हुन्दै नेवाः समुदाय सास्कृतिक रुपमा सम्पन्न छ भन्नु भयो । अर्का अतिथि ब्रोक बिस्वबिद्यालयका प्रा. डा. टम ओ नीलले आफ्नो नेतृत्वमा ब्रोक बिस्वबिद्यालय र गुठि मिलेर नेपालीहरु को जीबन स्तर सम्बन्धि अध्ययन गरेको स्मरण गर्नु भयो ।
मन्तब्य कार्यक्रम पछि अतिथिहरु ब्राम्प्टन नगरका मेयर पाट्रिक ब्राउन,संघिय सांसद माननिय सोनिया सिधु, प्रा. डा. टम ओ नील तथा गुठिका अध्यक्ष प्रकाश प्रधानले संयुक्त रुपमा ” समयबजि” प्रदर्शनी को उदघाटन गरेका थिए । सो पस्चात धिमे बाजाको तालमा लाखे नृत्य, पुलुकिसी तथा कुमारी प्रदर्शन गर्दा सहभागिहरुले क्यानडामा भए पनि काठमाण्डौको कुनै जात्रामा भएको जस्तो महशुस गरेको प्रतिक्रिया दिएका थिए ।
उदघाटन पस्चात कार्यक्रमका सहभागिहरुलाई नेवाः सनमयबजि को रसस्वादन गराएका थिए । कार्यक्रममा गुठिका युबा सदस्यरुले चर्या नृत्यका बिभिन्न स्वरुप र नेवाः सामुहिक ज्यापूनि नृत्य प्रस्तुत गरेका थिए भने नेपाली लोक सांगितिक टोली “हिमालयन भाईब्स” ले “राजमति”, “वो छु गल्ली थ्व छु गल्ली” लगायतका प्रख्यात नेवाः गीतहरुको धून तथा गुठिका मादल प्रशिक्शार्थीहरुले “असारै महिनामा”, “लहनाले जुरायो कि” जस्ता लोकप्रिय गीत प्रस्तुत गर्दा श्रोताहरु मन्त्रमुग्ध भै श्रवण गरिरहेका थिए । सोहि कार्यक्रममा ळसता देसारले “सिर स्वं या हेकु” गीतको बोलमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम्मा एभरेस्ट सितेरियो कराटे का प्रशिक्षार्थीहरुले कराटे प्रदर्शन गरेका थिए भने युबाहरुको लागि मनोरन्जनात्मक कार्यक्रम, बयश्कहरुको लागि बींगो खेल तथा नेवाः संस्क्रिति र सम्पदा सम्बन्धि जानकारि गराउने उद्देश्यले प्रश्नोत्तर कार्यक्रम संचालन गरिएको थियो भने “प्रेम अर्थ” सीडीको मानब कल्याणकारी कार्य बारे गीतकार रबि बस्नेतले जानकारी दिएका थिए। कार्यक्रमको अर्को रमाईलो पक्ष भनेको नरेश र मौसमि ताम्राकारले कार्यक्रम स्थलमै जेरी पकाएर क्यानडामा नेपाली जेरीको स्वाद चखाएका थिए ।
सोहि कार्यक्रममा प्रसिद्द मादल बादक तथा मादल प्रशिक्षक सानुराजा महर्जन, नृत्य प्रशिक्षक बिजु सिं महर्जन, चर्या नॄत्य प्रशिक्षक क्यानेडेली नागरिक तथा नेवाः बौद्द धर्ममा पिएचडीका बिद्यार्थी आम्बर मारि लाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक सुरेन्द्र लाल श्रेष्ठले ब्राम्प्टन नगर्पालिका, कार्यक्रमका प्रायोजकहरु , कलाकार लगायत सबैलाई धन्यबाद दिनु भयो भने नेवाः परम्परा अनुसार सहभागि सबैलाई ‘लाखामरी’ दिएर बिदाई गरेको थियो । सो कार्यक्रममा करिब ५०० जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया