क्यानडाको राजधानीमा तीजको रमझम

सुरेन उप्रेती २०७६ भदौ १३ गते १४:२६ मा प्रकाशित

सुरेन उप्रेती,गत अगस्त २९,तारिक बिहिवारको दिन क्यानडाको राजधानीमा रहेका नेपालीहरु भेला भइ तीज कार्यक्रमलाई भव्यरुपले मनाए । क्यानडा नेपाल सोलिडारिटी फर पिस नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष तारा उप्रेतीले स्वागत गर्दै आजहामी यहाँ सबै आफ्ना व्यस्ततालाई बिर्सिएर पारिवारिक वियोगका वेदनाहरुलाई भुलेर भय रहित झन्झट रहित भएर नाँचगान गर्दछौ भन्नु भयो ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई गैह्रआवासीय नेपाली नेपाली संङ्घ क्यानाडाका नव निर्वाचित सदस्य सन्तोष बरालले प्रवासमा पनि यसरी नेपालीहरुले भेलाभएर गाउँदा नाच्दा र नेपाली श्वादका परिकारहरु खाँदा हामी नेपालकै कुनै ठाउँमा छौं जस्तो आभाष हुँदो रहेछ । भन्दै आफ्नो संस्कृती परंपम्परालाई सदैब जोगाइ राख्नु पर्नेमा जोड दिनु भयो । क्यानडाका लागि नेपाली राजदूत महामहिम श्री भृगु ढु्ंगाना तथा श्रीमति संगिता ढुंगानाले पनि सुभकामना दिनु भएको थियो । नेपाल भन्दा लाखौंकोश टाढा आएर यती धेरै नेपालीहरुको भेटघाट र तीज मनाउँन पाउँदा आफुलाई सारै खुशी लागेको छ ।

आजका दिनले सबैका मनोकांक्षाहरु पुरा हुन । सबैका सरल र सहज दिनहरु आउन भन्दै संगिता ढुंगानाले आफ्नो मन्तव्य राख्नु भयो । त्यस्तै गरी महामहिम ढुंगानाले नेपाली कला संकृति र परंपराहरुलाई जोगाई राख्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि यसप्रकारका कार्यक्रमको महत्वपूर्ण भूमिका हुनेछ । हाम्रो भाषा संस्कृति कला र साहित्यहरु भनेकै हाम्रो आफ्नो पना हो । परिचय हो ।अरुलाई हामी कोहौ भन्ने परिचय दिन हाम्रा यावत संस्कृति चाडपर्वहरुको भूमिका रहनेछ । हामीले हाम्रा सबै चाडपर्व मनाउँदै जानु पर्छ । सबै उपस्थित दिदीबहिनी दाजुभाइहरुमा तीजको हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नु भयो ।

राता साडी र गहँनामा सजिएर आएका महिलाहरुले सहभागिबाट पकाएर ल्याएका बिबिध परिकारहरु सेलरोटी खिर लट्टे पुलाउ बिभिन्न प्रकारका अचारहरु मिठाइहरु खाएर तीज मनाइएको थियो । यसको संयोजनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुनेमा रीता सिलवाल सुचिता दवाडी ईसा पौडेल धनमायाँ बजगाई नीरा खरेल आचार्य हुनु हुन्थ्यो । कार्यक्रममा तीजका गीतहरुमा सबै सहभागीहरुले कम्मर मर्काइ मर्काइ नाचेका थिए । महिला दिदीबहिनीहरुलाई उत्शाह र प्रेरणा दिनका लागि पुरुषहरुको पनि नृत्यमा राम्रो सहभागिता रहेको थियो । कार्यक्रक अटवाको हेदरिङटोन कम्यूनिटी सेन्टरकोहलमा भएको थियो ।

सुरेन उप्रेती

साहित्यकार/कवि

प्रतिक्रिया