डा. सुन्दरमणी : पुडासैनी को लुगा फरक कसरी ?आर्मी आयो भने कु हुन्छ ,रबि लामिछाने देखि केपी ओली सम्म(भिडियो सहित)

इनेप्लिज २०७६ भदौ १२ गते १६:३९ मा प्रकाशित

नागरिक अगुवा डा सुन्दरमणी दीक्षितले प्रधानमन्त्री केपी सर्मा ओलीले भिडियो कन्फ्रेन्स बाट मन्त्री परिषद को बैठको अध्यक्षता गर्नु गलत भएको बताएका छन । यो घट्नाले मन्त्री परिषद भित्रको अबिस्वासलाई उजागर गरेको भन्दै उनले यस्तो स्तरको सङ्कट जनतालाई देखाउनु दुखद भएको समेत बताएका छन ।

प्रधानमन्त्री को कार्यबाहक जिम्मेवारी पाएका इस्वर पोख्रेल प्रती अबिस्वास थियो भने किन उनलाई कार्यबाहक बनाइएको हो भन्ने प्रतिप्रश्न गर्दै मुलुकको गोपनियता समेत चुहावट हुनसक्ने भन्दै आक्रोश ब्यक्त गरेका छन ।

सालिकराम पुडासैनीको मृत्युले उब्जाएको घट्नाक्रममा रबि लामिछानेको गिरफ्तारी विरुद्ध जनताले उठाएको आवज राज्य ब्यवस्थाको परिवर्तन भन्दा पनि रबिका काम प्रतिको बिस्वासले उठेको जनसमर्थन मात्र भएकोले त्यस्लाई जनआन्दोलनको बृहत् मर्मबाट अभिब्यक्त गर्न नसकिने धारणा राखेका छन ।

सरकारले ल्याउन खोजेको भुमिको हदबन्दी फुकुवाको बिधेयक भ्रष्ट र भुमाफियाको हितका निम्ति भएको भन्दै जनताले यस्को बिरोध गर्नु आवस्यक रहेको समेत उल्लेख गरेका छन ।

प्रतिक्रिया