हामी अब रवि पठाउदैछौं -भोला आचार्य

इनेप्लिज २०७६ भदौ १२ गते १६:२२ मा प्रकाशित

 

याद हुनुपर्छ हामीले धेरै अघि भनेका थियौं ।
काठमाडौ र गाउको खाडल पुरौं भनेर ।
विज्ञप्ति त कति दियौं कति कसैले गनेन ।
चिच्च्यायौं, करायौं तर सुनिएन ।
वोल्नेहरू, क़तिको जिब्रो थुतियो ।
टाउको फुटायौं । छाती थाप्यौं अहँ एकरति कसैले दुखेन ।
हामीले घुडा टेकेर लाख विन्ती गर्यौं कसैले मानेन ।
सडकमा सुत्यौं कसैले देखेन ।
सुकिलाहरूको आदेशमा भर्खरै जिउदाहरू लॉस भए ।
लॉसहरूमाथीबाट डोजर चलाएर सवारी गरियो ।
शान्तिको सिन्दुर पुछियो,
रूक्मिणीको खुशी खोसियो,
९ बर्षिया कुमारीको जिवन लुटियो,
पल्लाघरे काकालाई गोली लाग्यो,
दोवाटेका केटाकेटी टुहुरा भए ।
जेलमा सड्ने सदस्यहरू स्वयं परिवारलाई थाहा भएन ।
नकि वेपत्ता परिवारले आफ्नाको बारेमा पत्ता पाए ।
बर्षौभयो उनीहरू हराएको ।
दुईदुई दशकसम्म मनबुझाउदै बसे ।
बल्झिरहन्छ खाटा परेको घाउ ।
तैपनि सास छउन्जेलको आस, गणतन्त्र ।
कुलमानलाई हेर्दै,
सुन्दुक रूईतलाई देख्दै,
महाविरले सित्तैमा दिएको ईन्टरनेटले संसारलाई नियाल्दै ।
कहिकतै चॉदीको घेरा जस्तै देखिने गगनहरूलाई भेट्दै ।
तर उहि । उस्तै ।अझै विग्रदै । भत्कदै ।
अझैसम्म जाजरकोटमा सिटामोल जानसकेन ।
दैवेख, बाजुरालाई भोकमारीले छोडेन ।
कर्णालीमा तुईन पुगेन ।
देश दुहुदै । रित्याउदै सवै ।
नन्दप्रसाद र गंगामायालाई मार्दै ।
सुकिलाहरूको ठाउमा मुकिलाहरू थपिदै ।
यता हामी मैनवत्तिझै सकिदै ।
अब हाम्रो धैर्यताको बॉध टुटिसकेको छ ।
हामीले डा केसी फेला पारिसकेका छौं ।
अब हामी बचेकाहरू काल नआई मर्दैनौ ।
जीवनप्रयान्त हामी उठिरहनेछौं ।
त्यै भएर हामीले आफ्नो काम सुरू गरिसकेका छौ ।
हामीले हाम्रो संकल्प रविन्द्र मिश्रहरूबाट गरिसकेकाछौं ।
अब रवि पनि आउदैछन ।
सपना देख्न पाईन्छ ।
विलिनेयर विनोद चौधरी भन्छन्, सपना देख्ने हाम्रो अधिकार हो ।’
हामी निरन्तर देखिरहनेछौं, गॉउ र शहरबीचको खाडल पुर्ने सपना ।
हो त्यै समदुरीको सपना ।

प्रतिक्रिया