काठमाडौं– अचेल दैनिक आधा दर्जन बढी तीज गीत बजारमा आउने गरेका छन् । तीजको अवसर पारेर बजारमा भित्रिने यस्ता गीत मध्य कतिपय पारिवारिक दुःख, खुस समेटिएका हुन्छन् । भने, कतिपयमा समाजका बिकृति बिसंगती माथी समेत ब्यङ्ग्य प्रहार भएका भएका छन् ।
यस्तैमा गायिका मनिषा धमलाले पनि तीज गीत ‘रक्सी काटुन काटुन’ सार्वजनिक गरेकी छन् । तीजको नाममा रक्सी सेवन गर्ने मौलाए चलन प्रति लक्षित गर्दै उनले यो गीत ल्याएकी हुन् ।
उनको गीतमा तीजमा कोसेलीको रुपमा रक्सी काटुनका काटुन आउने गरेको उल्लेख गरेकी छन् । संगीतकार समेत रहेका गायक डिबि खड्काले उनलाई स्वरमा साथ थिएका छन् । उनको नै शब्द रहेको गीतमा संगीत पनि खड्काकै छ ।
गीतको एक भिडियो पनि बनेको छ । सुमनसागरजंग केसीको कोरियोग्राफी रहेको भिडियोमा अरुणा, लक्ष्मी, राजिवलगायतको अभिनय देख्न सकिन्छ ।अजय रेग्मकिो छायाँकन, कृष्ण प्रसाद तिमिल्सिना निर्माता रहेको भिडियो सम्पादन तथा निर्देशन सुरेश राउतले गरेका हुन् ।
प्रतिक्रिया