पत्रकारले लखेटेकी राजकुमारी र पत्रकारिताले बनाएको राजकुमार

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ भदौ १० गते २२:०४ मा प्रकाशित

विश्वशक्तिशाली मुलुक बेलायतमा राजकुमारी डायनाले कमाएको लोकप्रियतालाई नेपालका रवि लामिछानेले चुनौती नै दिए। शायद एउटा साधारण जिउदो व्यक्तिको समर्थनमा उर्लिएको जनसमर्थन संसारको थोरै मध्येको यो एक पनि होला।

I don’t go by the rule book… I lead from the heart, not the head.

Princess Diana

बेलायतको अत्यन्त प्रतिष्ठित परिवारमा जन्मिएकी डायना स्पेन्सरले ६ वर्षको उमेरमा आफ्ना मातापिताको सम्बन्ध विच्छेदको पीडा भोगिन्। त्यो बालमष्तिस्कले त्यो उमेर देखि प्रण गर्यो, “ म राजकुमारसंग विवाह गर्छु र आफ्नो जीवन परीहरुको कथा जस्तै सुखमय अन्त्यमा परिणत गर्छु”। नभन्दै १९ वर्षको कलकलाउदो उमेरमा उनको विवाह बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चार्ल्ससंग भयो। डायना स्पेन्सरबाट उनी राजकुमारी डायना बनिन् तर उनको काधमा जुन अभिभारा आईपरेको थियो, त्यसका लागी उनी निकै अपरिपक्क थिइन्। बेलायती जनता र बेलायती पत्रकार राजकुमार चार्ल्सका प्रेमसम्बन्धसंग परिचित थिए। बेलायती राजपरम्परा अनुसार कौमार्यत्व भंग नभएकी स्त्रीले मात्र युवराज्ञीको पदवी पाउने प्रचलन भएकोले राजकुमार चार्ल्सले आफ्नी प्रेमिका कामेला पार्करलाई विवाह नगरी डायनासंग विवाह गरेका थिए।

जुनदिनबाट डायना राजपरिवारको सदस्य बनिन, उनलाई प्रेसले पछ्याउन थाल्यो। एकतिर पतिको परस्त्री प्रेम र व्यक्तिगत तथा सार्वजनिक जीवनमा प्रेसको हस्तक्षेपले राजकुमारी डायनाको जीवनलाई निकै संघर्षपूर्ण बनाएको थियो। शुरुशुरुमा उनीको लवाईखवाई, हिडडुलले नै उनलाई चर्चित बनायो र बिस्तारै उनको सामाजिक क्रियाकलापले डायनालाई शताब्दीकै सर्वाधिक लोकप्रिय महिला बनाईदियो।

सधै आफ्ना सुन्दर हातहरुलाई हिलो मैलोबाट जोगाउन र विभिन्न व्यक्तिहरुसंग हरेक दिन हात मिलाउदा आफ्नो हात बिग्रने डरबाट ग्रसित भएर हरेक सार्वजनिक समारोहहरुमा पन्जाको प्रयोग गर्ने महारानी इलिजावेथलाई कुष्ठ रोगी, एड्स रोगीहरुलाई नांगो हातले स्पर्स गरेर मायाले संसार बदल्छु, दरबारकी रानी होइन जनसाधारणकी मनकी रानी बन्छु भन्ने संकेत दिएर बकिंघम दरबारमा डायनाले भुईचालो ल्याइन्। पत्रकारीता जगतको ठुलो मसला बनेकी डायनासंग, राजकीय ठाटबाटमा रमाउने रानी इलिजावेथ डायनाको साधारणपनबाट रुष्ट थिइन। बकिंघम दरबार डायनालाई रोक्न चाहन्थ्यो, पत्रकारहरु डायनालाई उदांग्याएर ठुलो रकम असुल्न चाहन्थे हुन त आफ्ना पतिको परस्त्री प्रेम आफ्नै आंखाले देख्दा झरेको डायनाका आँसु क्यामेरामा कैद भएर बेलायती अखबारमा नछापिएका त होइन तर पनि अनेकौं अडचनका बाबजुद पनि सन् १९९५ को नोभेम्बरमा उनको अन्तरवार्ता बाहिर आयो जसले बकिंघम दरबारमा मात्र नभई सारा बेलायती जनताको मनमा हलचल ल्यायो। जसमा सोधिएको एक प्रश्नमा उनको जवाफ, “ म यो मुलुकको रानी होइन, जनताको मनकी रानी बन्न चाहन्छु”। त्यसको करीब एक वर्षपछि सन् १९९६, अगस्ट २८ मा उनको पारपाचुकेपछि शाही पदवी खोसियो तर पापाराजीबाट लखेटिने काम भने रोकिएन र अन्त्यमा सन् १९९७ अगस्ट ३१ मा पापाराजीबाट लेखेटिदालखेटिदै कार दुर्घटना परी उनको निधन भयो। आज आमाकै पदचिन्ह पहिल्याउदै उनका दुई छोराहरु विलियम र ह्यारी सामाजिक कार्यमा आफुलाई समर्पित गर्दै जनताको मन जितिरह्काछन।

समाज सेवालाई मागी खाने भाडो बनाएर स्वार्थ पुरा गरिरहेका र सरकार धन र पदको दुरुपयोग गरेर कालो धन थुपारी रहेकाको पीलोको रुपमा देखा परे रवि लामिछाने।

नेपाल जस्तो विकोन्मुख देशमा उडण्कारी राजनितिज्ञभन्दा मनकारी समाजसेवीको आवश्यकता छ, जसको पुर्ति रवि लामिछानेले गरेका रहेछन भन्ने कुरा उनको समर्थनमा उर्लिएको जनसागरले प्रमाणित गरिदियो। रविको गिरफ्तारीलाई विभिन्न राजनैतिक कोणबाट पार्टीहरुले एउटा राजनैतिक मुद्दाकोरुपमा प्रस्तुत गरेर यसको गलत प्रचारवाजी गरेर आफ्नो दुनो सोझ्याउने र आफ्नो स्वार्थ पुरा गर्ने चक्रव्युहका षड्यन्त्रलाई, नेताहरुले भोट छाप्ने औजारको रुपमा लिएका निमुखा जनतालाई, नेपाली जनताले यो षडयन्त्रलाई सफल त हुन दिएननै अझै राजनैतिक पार्टीको मुलधार लिएर पीतपत्रकारिता गर्नेलाई समेत लोप्पा खुवाईदिए।

सधै जनताको लागी भन्ने राजनेताहरु, जनतालाई सुसुचित गर्ने निहुमा पार्टीको विज्ञापन गर्ने पत्रकारहरु, सेलिब्रिटी बन्ने होडमा लम्किएका संचारकर्मीहरु, दुईचार जना हुनेखानेसंग चन्दा असुलेर समाज सेवीको बिल्ला लगाई राजनीतिमा आफ्नो पकड जमाउन खोज्नेहरुलाई नेपाली जनताले एउटा गतिलो पाठ सिकाएकाछन्। राजतन्त्र हटेको वर्षौ भइसक्दा पनि राजतन्त्रले बसालेको परम्पराको अन्त्य गर्न नसक्नु र उही पराम्परावादी सोच लिएर शासन पद्दतिलाई अगाडी बढाउन खोज्नुको प्रतिफल हो यो रवि लामिछानेको समर्थन।

रवि लामिछानेलाई प्रगतिको शुभकामना!!
राजकुमारी डायनाप्रति हार्दिक श्रदान्जली!!

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया