एनआरएन कनेक्टिकट च्यापटरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ भदौ १० गते २१:५४ मा प्रकाशित

कनेक्टिकट
८/२६/२०१९

गत मे महिनामा सम्पन्न NRNA अमेरिकाको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले गत जुलाईमा पदभार ग्रहण गरे सगै विभिन्न च्यापटरमा पनि नयाँ नेतृत्वको पद हस्तान्तरण कार्यक्रम चलिरहेको छ । यसैक्रम्मा कनेक्टिकट च्याप्टरले एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण सम्पन्न गरेको छ । एनआरएन कनेक्टिकट च्यापटरका निबर्तमान अध्यक्ष श्री घनश्याम खड़काको सभापतित्वमा भएको सो कार्यक्रम का प्रमुख अतिथि एनआरएन अमेरिकाका उत्तर पुर्वि क्षेत्रका उपाध्यक्ष श्री बाबुराम लामा हुनुहुन्थ्यो भने एनआरएन न्युयोर्क च्यापटरका अध्यक्ष एवं उत्तर पुर्वी क्षेत्रीय समितिको सचिब श्री रामहरि अधिकारी , हामी नेपाली ग्लोबल संस्थाका ग्लोबल अध्यक्ष श्री अमृत लामा लगायत विभिन्न स्थानीय संघ सस्थाहरुबाट पाल्नु भएका अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नवनिवाचित अध्यक्षलाई पद हस्तान्तरण गराऊनुको साथै च्यापटरका नयाँ कार्यसमितिका सबै एघार जना पदाधिकारीहरुलाई प्रमुख अतिथिबाट सपथ ग्रहण गराईएको थियो । त्यसैगरी सबै पदाधिकारीहरुलाई आ-आफ्नो ओहोदाको प्रमाणपत्रहरु पनि प्रदान गरिएको थियो।

आगामी (2019-2021) कार्यकालका लागि भएको चुनावमा कनेक्टिकट च्याप्टरको नेतृत्वको लागि निर्वाचित भएका अध्यक्षमा हरि प्रसाद जोशी लगायत च्याप्टरको कार्यसमितिको उपाध्यक्षमा मुना तिवारी, सचिबमा केपी भट्ट , कोषाध्यक्षमा नारायण दत्त मिश्र , महिला संयोजकमा शुशिला कार्की, युवा संयोजकमा यज्ञ राज जोशी सहित बोर्ड सदस्यहरुमा नमुना अयार्ल , सुनिता चापागाईं पाण्डे, हरि पन्थ , श्याम बाबू कार्की र बिजेन्द्र बहादुर मल्ल चयन हुनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बाबुराम लामा , एनआरएन न्युयोक च्यापटरका अध्यक्ष रामहरि अधिकारी, हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, एनआरएन कनेक्टिकट च्यापटरका संस्थापक अध्यक्ष एवं च्याप्टरका प्रमुख सल्लाहकार राम ओझा , हार्टफोर्ड काउन्टी एभरेस्ट सेन्टिनियल लायन्स क्लबका अध्यक्ष माधव आत्रेय , जनसम्पर्क समिति कनेक्टिकट च्यापटरका सभापति यादव दुलाल , नेपालिज एसोसिएसन अफ कनेक्टिकट ( नेकोन) का प्रमुख सल्लाहकार अशोक श्रीवास्तब लगायत अतिथिहरु एवम स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्दै एनआरएन कनेक्टिकट च्यापटरका नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो । उक्त पद हस्तान्तरण कार्यक्रमका दोस्रो चरणमा कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएका नव निर्वाचित अध्यक्ष हरि प्रसाद जोशीले उपस्थित सबै गन्यमान्य सदस्यहरु एवं महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो।

धन्यवाद !

गैर आवासीय नेपाली संघ
राष्ट्रीय समन्वय परिषद, अमेरिका
कनेक्टिकट च्यापटर

प्रतिक्रिया