गुडबाइ काठमाडौँ म्याडिसनमा

इनेप्लिज २०७६ भदौ ८ गते १४:५९ मा प्रकाशित

 

२४ अगस्त २०१९ को शनिबार म्याडिसन विस्कनसिन, अमेरिकामा निर्देशक नबिन सुब्बाको फिल्म गुडबाई काठमान्डौको प्रदर्शन भएको छ । कार्यक्रम नेपाली अमेरिकी मैत्री संघका अधक्ष्य अबिमन पसछेको अगुवाइमा नबिन सुब्बाको बिशेष आतिथ्यमा सम्पन्न गरिएको थियो । फिल्मको प्रदर्शनपछि संघका उपाधक्ष्य आविस्कार भारतीले फिल्ममेकर नबिन सुब्बा संग प्रश्नोत्तर कार्यक्रम संचालन गरेका थिए । फिल्म हेरेर खुसी जनाउदै ५० औ जनाको सहभागितामा समर्थन जनाउन आएका विस्कनसिन एनआनएको गत चुनाबमा बोर्ड अफ डिरेक्टर प्रत्याशी समाजसेवी रबिन्द्र उप्रेतीले एनआनएले पनि रैथाने संस्थाहरूको जस्तो अनुकरणीय काम गर्दै जानु पर्ने र त्यो कुरा आफूले उठाउदै लैजाने बताए ।

गत बर्ष नेपाली अमेरिका अन्तरास्ट्रिय चलचित्र महोत्सब प्रदर्शन भएको गुडबाई काठमाडौँ म्याडिसनवासी फिल्ममेकर सन्तोष लामिछानेको संयोजनमा चलचित्र महोत्सबका सभापति पूर्ण बराइली र यस बर्ष चलचित्र महोत्सका मानार्थ सभापति नबिन सुब्बा मार्फत म्यडिसन आइपुगेको हो । चलचित्रको प्रदर्शन पछि पिज्जा खादै फिल्ममेकर संग अनौपचारिक संवादहरू पनि हुँदा म्याडिसनवासी दर्शक दङ्ग देखिएका थिए ।

प्रतिक्रिया