प्रदेश नम्बर ३ समन्वय परिषद कतारले रक्तदान कार्यक्रम गर्दै

इनेप्लिज २०७६ भदौ ८ गते ८:४३ मा प्रकाशित

कतार –कतारमा समाजिक उद्देश्यका साथ गठित संस्था प्रदेश नम्बर ३ समन्वय परिषद कतारले आगामी ३० अगष्टमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

संस्थाले कतार स्थीत हमाद अस्पताल अंन्तरगत रहेको रक्त संकलन केन्द्रसगँ परामर्श गरी उक्त कार्यक्रमको आयोजन गरेको अध्यक्ष समिर क्षेत्रीले जानकारी दिएका छन ।

क्षत्रीले उक्त दिन कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई दिदि बैनीहरुलाई सहभागी भईदिन अनुरोध समेत गरेका छन

प्रतिक्रिया