गुल्मीका बाढी पिडितलाई एनआरएनए युगान्डाको सहयोग

इनेप्लिज २०७६ भदौ ७ गते २:१० मा प्रकाशित

कम्पाला , युगान्डा । गैरआबासिय नेपाली संघ , युगान्डाले गत महिना बाढीबाट प्रभावित गुल्मी जिल्ला, सत्यवती गाउपालिकाका बाढी पीडितहरुलाई उक्त गाउपालिका मार्फत एक हजार अमेरिकी डलर नगद सहयोग आज एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौं बाट हस्तान्तरण हुने गरि पठाएको छ ।

एनआरएनए युगान्डाका नवनिर्बाचित अध्यक्ष बिनोद थापाले बाढीले बिपत्तिमा रहेका सत्यवती गाउँपालिका गुल्मीका बिपन्न परिवारलाई गाउँपालिका मार्फत उक्त रकम सहयोग बाडिने जानकारी गराउनु भयो ।

संघका अन्तरास्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै , उक्त रकम सत्यवती गाउँपालिका गुल्मीलाई यथाशीघ्र पठाउने बताउनु भयो ।

प्रतिक्रिया