पूर्वपोर्नस्टार सनी लियोनले मोदीलाई जितिन्

इनेप्लिज २०७६ भदौ ६ गते ११:०७ मा प्रकाशित

मुम्बई । पूर्व पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोन गुगल सर्चमा सर्वाधिक खोजी भएकी छन् । भारतीय प्राधनमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपर स्टारलाई समेत उनले पछि पारेकी छन् ।

पछिल्लो समय भारतको प्रशारित क्षेत्र कश्मीर घटनालाई जोडेर मोदीको राष्ट्रियदेखि अन्तर्राष्ट्रिय संचारमाध्यममा व्यापक चर्चा भएको थियो । मोदीको चर्चा जति भएपनि सन्नीले उनलाई उछुनेकी छिन् ।

गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म उनी भारतमा सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो स्थान हासिल गरेपछि अहिले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चा भइरहेकोे छ ।

सनीले भारतीय संचारमाध्यमलाई भनेकी छिन्, ‘मेरो टिमले यो खबर दिएपछि मलाई धेरै खुसी लागेको छ ।’ यस सूचीमा मोदीसहित बलिउडका सुपरस्टार सलमान खान, शाहरुख खानजस्ता स्टार पनि पछि परेका छन् । भारतको मणिपुर र असमवासीले सनीलाई सबैभन्दा बढी सर्च गरेको समाचार भातरीय संचारमाध्यले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया