एनआरएनए कतारमा शुक्रबार निर्वाचन हुँदै

महेश्वर नेपाल २०७६ भदौ ५ गते ४:३९ मा प्रकाशित

महेश्वर नेपाल,कतार- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको आठौं राष्ट्रिय महाधिवेशनकोलागि ११ वटा पदकालागि शुक्रवार निर्बाचन हुने भएको छ । कुल १४ पदको लागि हुने निर्वाचनमा ३६ जना निर्बाचित हुने छन । २ साता अघि निर्बाचन समितिले अन्तिम नामावली प्रकाशित गरि १४ वटा पदको लागि ६३ जनाको उम्मेदवारी परेको निर्बाचन समितिले जनाएको थियो ।

यस अघि निर्बाचनमा भागलिन ६९ जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाले आफ्नो मनोनयन फिर्ता लिएकाथिए । मनोनयन फिर्ता लिनेहरुमा अध्यक्षका प्रत्यासी रामचन्द्र माझी (नुवाकोट) द्वितीय उपाध्यक्षका शिव खड्का (गुल्मी) महिला उपाध्यक्ष सरिता गुरुङ(चितवन) महिला संयोजक नानू घले (नुवाकोट) लेखा समितिका दिपक भुजेल (तनहुँ) र कार्यसमिति सदस्य शख अमाबुल्लाह (रौतहट) ले आफ्नो मनोनयन फिर्ता लिनु भएको हो ।

४ जना निर्बिरोध ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी २०१९-२०२१ कार्यकालकोलागी ३ वटा पदमा ४ जना निर्बिरोध भएकाछन । यसरी निर्बिरोधहुनेहरुमा तृतिय उपाध्यक्षमा सरिता भन्डारी (स्याङ्जा), महिला संयोजकमा अम्बिका खत्री (तनहुँ), लेखा समिती सदस्यहरु पुरुषोत्तम लामिछाने (गोरखा) र कबिन्द्र कडेल (धादिङ) रहेकाछन ।

आइसिसी सदस्यमा ४ जना चाहिने ठाउमा ७ जना बिच प्रतिस्पर्धा

आइसिसी सदस्यमा ४ जना चाहिने ठाउमा ७ जना बिच प्रतिस्पर्धा हुने भएको छ होमनाथ शर्मा (बाग्लुङ), कृष्ण बहादुर हमाल (नवलपरासी) रमेश भट्ट (काठमाडौ ) बुधवल गुरुङ (गोरखा) युवराज शर्मा (चितवन) धनबहादुर बलायर (डोटि) मोहम्मद शाकिर अलि (सिराहा) बिच पार्तिस्पर्धा हुने भएको छ ।

त्यसै गरि अध्यक्षमा तेज कटुवाल (सुनसरी) र मुक्तदा मुसलमान (कपिलवस्तु) बिच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रथम उपाध्यक्षमा उत्तम गुरुङ ( झापा) र नारायण भण्डारी (नुवाकोट), द्वितीय उपाध्यक्षमा ईश्वर काफ्ले र टन्क कुमार खडका (ताप्लेजुङ) महासचिव पदमा एक जनाको ठाउँमा पदम गिरि (तनहुँ) र लोक माया केसी (स्याङ्जा) , सचिबमा दुई पदको लागि हुने निर्वाचनमा डिल्लीराम भट्टराई (रुपन्देही) अफसर अलि खान (मोरङ) प्रेम बहादुर चलाउने (कैलाली ) नेत्र कुमार भुजेल (मोरङ) को उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा बिनोद प्रसाद बसौला (लमजुङ) र राम प्रसाद गौतम (कास्की) बिच प्रतिस्पर्धा हुने भएको छ । सहकोषाध्यक्षमा मोहम्मद तनबिर रोजा (सर्लाही ) र बुद्ध बहादुर पाण्डे (गुल्मी ) । एनसिसि युवा संयोजकमा श्याम कुमार डागी (बाके) र रबिन मगर धनुटा बिच प्रतिस्पर्धा हुने भएको हो ।

यसैगरी १८ पदको कार्यसमिति सदस्य पदमा ३२ जनाको जनाको उम्मेदवारी परेको छ । त्यसैगरी लेखा समिती संयोजकमा १ जनाको ठाउमा २ जनाको उम्मेदवारी परेको निर्बाचन समितिले जनाएको छ । कतारमा २०१९-२०२१ कार्यकालकोलागी ४१ सय ३४ परिषद सदस्य रहेकाछन ।

एनआरएनएको बिश्व सम्मेलन आगामी असोज २४ गते देखि २७ गते सम्म काठमाडौमा हुँदै छ ।

प्रतिक्रिया