गजल

दीप मिलन २०७६ भदौ ४ गते १८:१८ मा प्रकाशित

जली ज्यून पर्ने समयको कडी छ।
यता तन छ प्यासी उता पोखरी छ।

नजर भित्र तिम्रो पीडाको नदी छ।
कि रित्तो छ आँचल कि त्यो अञ्जुली छ।

सबै सङ्ग देख्छु पीडाको भकारी,
कसैको कमी छ कसैको बढी छ।

सबै मौनता मृत हुँदै हुन्न बुझ्नुस,
म जीवित छु भन्ने दसी ढुक्ढुकी छ।

उजेली म बाट हटोस् चाँदनीको,
जल्यो दीप मनको म मा रोशनी छ।

दीप मिलन
कञ्चन-५ रूपन्देही
हाल दोहा कतार

प्रतिक्रिया