म एउटा युवा श्रमिक हुँ , एउटा श्रमिकले खाडी मुलुकमा कस्ता–कस्ता समस्य भोग्नु पर्छ मलाई थाहा छ –पदम गिरी महासचिव उम्मेदवार (एनआरएनए एनसिसि कतार)

भोला थापा क्षेत्री २०७६ भदौ ४ गते १२:०३ मा प्रकाशित

तनहुँ राम्जाकोट घर भइ हाल कतारमा कार्यरत गिरी गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिसद कतारको २३ अगष्टमा हुने आठौं महाधिवेशन मार्फत महासचिवमा रहेर काम गर्ने ईच्छा जायर गर्दै चुनावी मैदानमा उत्रिदै छन । एनआरएनए एनसिसि कतारलाई श्रमिक मैत्री बनाउनका लागी सबैभन्दा पहिले नेतृत्व विकाशलाई प्रभाकारी बनाउन आवश्यकता रहेको बताउने गिरी आफु विजयी भएमा कतारमा रहेका संघ संस्थाहरुसंग सहकार्य गर्दै अगाडी बढने समेत बताउँछन् ।


एनआरएनए आइसीसी ट्राभल सेफ्टी एण्ड रोड सेकुरेटी विभागमा मध्यपुर्व सदस्य समेत रहेका गिरी गण्डकी प्रदेश समन्वय परिषद कतारका संस्थापक सदस्य, तनहुँ सेवा समाज कतारको महासचिव दशनामी समाज कतार शाखाका बरिष्ठ उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर काम गरेका गिरि युवा पुस्ताका सक्रिय सामाजिक अभियान्ता पनि हुन । यिनै युवा समाज सेवी तथा एनआरएनए कतारका महासचिवका उम्मेदवार गिरीसगँ ईनेप्लिज कतारका प्रतिनिधी भोला थापाले गरेकोे छोटो कुराकानी जस्ताको तस्तै ।

तपाई एनआरएनए कतारको महासचिवमा पदमा भिड्दै हुनुहुँन्छ, चुनावी माहोल कस्तो ?

हामी सबै चुनावी नतिजा आफ्नो पक्षमा होस भनेर लागिरहेका छौं र प्रत्येक दिन चुनावी माहोल कतारको गर्मी भन्दा पनि गरम हुँदै गएको महशुष हुन थालेको छ । तपाई पनि पक्कै जानकार हुनुहुन्छ होला । सबै साथिहरु चुनावी मत आफ्नो पक्षमा पार्नको लागि लविङ गरिराख्नु भएको छ । चुनावमा नभिड्ने साथीहरु र सबै साथिहरु पनि लाग्नु भएको छ । मुख्य कुरा हामि सबै एक अर्कालाई विजयी बनाउँने गरि काम गरिरहेका छौं । तर नतिजा २४ अगष्ट पछि नै थाहा हुन्छ ।

एनआरएनमा प्यानल त हुँदैन तर देखिने गरि नै प्यानल बनाएर भोट् मागिएको छ तपाई कुन प्यानलमा ?

हास्दै…… देखि सकिपछी त हुँदैन भन्न पनि नमिल्ने होला । यसबारे मेरो अलि फरक मत छ । हो, हामी सामजिक अभियानमा नेतृत्वको लागि आकांक्षा राखेका छौ । यस्तो कार्यमा जात, धर्म, समुदाय र आस्थाले प्रभाव पार्नु हुँदैन । यसो भनिरहँदा कोहि पनि यसबाट टाढा छन भन्ने होइन । अहिलेकोे रेसमा रहने सबै ब्याक्तिहरु कहि न कहि एक किसिमले जोडिनुभएको छ ।
मात्र यति हो यो कार्यसमिति चयन प्रक्रियामा सहज हुने हिसाबले जोडिए पनि पछि अनुमोदित भएर काम गर्ने सवालमा यस्तो हुन हुँदैन । कुरा आयो भोट माग्ने, पक्कै पनि ब्याक्ति एक्लैले काम गर्ने हैन त्यहा एउटा टिम हुन्छ यसरी नै हाम्रो पनि एउटा साझा र समाबेशी समूह छ । यसलाई प्यानल नै चाँहि नभनौ । मुख्य कुरा यो अभियानमा काम गर्नका लागि सहकार्य भयो जसको मुक्तादा मुसलमान जि ले नेतृत्व गर्नु भएको छ । थोरै जोड्न चाहे, हाम्रो टिम एकदमै समावेशी छ । हाम्रो टिममा पहाड, मधेस, मुस्लिम, जनजाति र महिला सबैको सहभागिता रहेको छ ।

कतारबासी नेपालीहरुले तपाईलाई एनआरएनको महासचिवमा किन विजयी गराउँने ?

मैले त्यस्तो ठूलो महत्वाकांक्षा बोकेको छैन । म एउटा युवा श्रमिक हुँ र म यँहाको सम्पूर्ण युवा र तमाम श्रम गर्ने मजदुर बर्गको प्रतिनिधित्व गर्ने पात्र हुँ । मलाई एउटा श्रमिकले खाडी मुलुकमा कस्ता कस्ता समस्याहरु झेल्नुपरेको छ राम्रो सँग ज्ञान पनि छ । किनकी म त्यहिबाट प्रतिनिधित्व गरि अहिलेको एनआरएनए कतारको महासचिवको नेतृत्वमा दाबी गरिरहेको छु । कतारमा लाखौँको संख्यामा रहेका हामि नेपालीहरु किन आज साझा सँस्थामा केही हजारमात्र आवद्ध छौ, किन युवा श्रमिकहरु यो अभियानबाट बाहिर छन, भन्ने कुरा मेरो चासोको विषय हो म यहि सेरोफेरोमा काम गर्ने छु । यहाँ रहने नेपालीहरुलाई यो सँस्था साँच्चिकै साझा र अभिभावक सँस्था हो भन्ने आभाष दिलाउँने छु ।

अझै विस्तृतमा तपाईको भावि लक्ष्य÷योजना एनआरएनए कतार सँग के के छन त ?

भाबी लक्ष्य या योजना निर्बाचित भएर आएको कार्यसमितिले बनाउँने र २ बर्ष सम्म काम गर्ने हो । हामिले पछि के–के लक्ष्य राख्ने भन्ने एउटा योजनानै सार्बजनिक गर्नेछौ । मैले मेरो व्यक्तिगत इच्छा माथि पनि भनिसके । यस्तो काम गर्छाै भनेर मात्र हुँदैन । भनेको गरेर देखाउँनु पर्छ । त्यस्को लागि राम्रो टिमको आवश्यकता हुन्छ । एउटा राम्रो टिम बन्यो भने हामिहरुले सोचेको कुराहरुलाई योजनावद्ध तरिकाले पुरा गर्दै जानेछौ ।

धेरै संघ संस्थाहरु छन्, विचार फरक फरक भएका मानिसहरु छन्, काम गर्नलाई सजिलो होला त ?

सजिलो त छदै छैन, तर सजिलो छैन भनेर प्रयाश पनि नगर्ने भन्ने होइन । म जिते पनि नजिते पनि सधै श्रमजिवीको पक्षमा बोल्ने र काम गर्ने मान्छे हुँ । फरक मत धेरै संघ संस्था हुँदा काम गर्न असजिलो पक्कै होला तर सबैलाई मिलाएर लैजाने प्रयाश गर्ने हो । यहाँ फेरी आफ्नो देशमा जस्तो पनि त होइन, हामि फरक विचार बोकेर कुनै ठाउँमा उभिए पनि नेपाली आफ्नो पन भुल्न कहाँ सक्छौं र । त्यसैले त्यती धेरै असजिलो होला जस्तो मलाई अहिलेलाई लागेको छैन । हामिले हाम्रो उद्धेश्य पूरा गर्न लिएका लक्ष्यहरु गैर आवासिय नेपाली अभियानको मर्मलाई आत्मासाथ गर्दै कतारमा स्थापित नेपाली संघसस्थाहरु सगँ पनि हातेमाले गर्दै अगाडि बढाउन सधै प्रयाशरत रहने छु ।

कतारमा रहेका नेपाली समुदाय प्रति कस्ता कस्ता योजनाहरु बनाउँनुभएको छ ?

नेपाली समुदयका निमित्त मेरो भावि योजनाहरु कतारमा स्थापित नेपाली साझा संस्था र अविभाबकका रुपमा संस्थाको विकाशका लागि काम गर्ने देखी श्रमिक मैत्री संगठन बनाउनका लागी हो । र सधै हुनेछ । अन्य थुप्रै योजनाहरु पनि छन जुन मैले आफ्नो उमेदवारीको क्रममा प्रतिवेदनमा पनि समावेश गरेको छु । समान ज्याला, तोकिएको काम, देखि लिएर धेरै मुद्धाहरु छन् जस्मा हामिहरुले काम गर्नुपर्ने छ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?

धन्यबाद भोला जि लगायत इनेप्लिज अनलाईन पत्रिकालाई मेरो भावना ब्यक्त गर्ने बाताबरण बनाइदिनु भएकोमा र अन्तमा सबै पार्सद ज्युहरुलाइ २३ गते उपस्थितिभै कार्यसमिति चयन प्रक्रिया सफल बनाइदिन अनुरोध गर्दछु ।

प्रतिक्रिया