चट्टपरि साईतमा बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७६ भदौ ४ गते १०:१४ मा प्रकाशित

 

विनोद विश्वकर्मा र गोमा खत्रीको सुमधुर आवाज रहेको तिज गीत चट्टपरि साईतमा बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत विनोद विश्वकर्माको रहेको गीतमा कुमार सानु पुनको मिक्सिङ रहेको छ ।

भिडियोलाई प्रविण आत्रेयले सम्पादन तथा निर्देशन गरेका छन् । भिडियोको छायांकन विमल विश्वकर्माको रहेको छ । भिडियोमा निरु कोईराला, दुर्लभ थापा मगर, दिनेश विश्वकर्मा लगायतको अभिनय रहेको छ । कमेडि जनरमा निर्माण गरिएको भिडियोमा नेपालमा रेल आउछ कि आउदैन भन्ने विषयलाई व्यंगात्मक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया