रुपन्देहीका भट्टराई एनआरएनए कतारको सचिवमा भिड्दै

भोला थापा क्षेत्री २०७६ भदौ ४ गते ८:४६ मा प्रकाशित

भोला थापा क्षेत्री ,दोहा– एनआरएनए कतारको अधिवेशनको मिति नजिकिदै गर्दा डिल्लीराम भट्टराई सचीव पदकालागी चुनावी मैदानमा उत्रिने भएका छन ।

आगामी २३ अगष्ट शुक्रवारका दिन कतार स्थीत नेपाली राजदुताबासको सभाहलमा हुन गईरहेको एनआरएनए कतारको आठौँ अधिवेशनबाट सचिव पदमा रहेर काम गर्ने ईच्छा रहेको बताउने भटराई स्वातन्त्र रुपमा रहि चुनावी मैदानमा उत्रिने सोच बनाएको बताएका छन ।

पर्वत जिल्लामा जन्मेर हाल रुपन्देहीमा बसोबास गर्दै बिगत १३ बर्स देखि कतारमा रहेर विभिन्न सामाजिक क्षेत्र आवद्ध रहेका भट्टराईले आफुले आर्जन गरेको अनुभको आधारमा सचीवमा उम्मेदवारी दिएको बताए ।

कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका भट्टराईले सन २०११ देखि एन आर एन ए कतारको पार्सद सदस्य रहदै २०१७–२०१९ को कार्यकालमा संघ–संस्था समन्वय समितीको सह–संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका छन ।

सन २००९ देखि पर्बत समाज कतारमा आबद्द हुदै आफ्नो सामाजिक कार्यलाइ निरन्तरता दिदै आएका उनी हाल सस्थाको मानार्थ सदस्य हुन भने सन २००९ मा स्थापना भएको समाज सेवा अभियान रुपन्देहिमा सन २०१० म आबद्ध भै हाल दोस्रो पटक पुन सर्वसम्मत अध्यक्षको कार्यभार समाली रहेका छन । भट्टराईले प्रदेस नम्बर पाच समन्वय परिषद कतारको माहासचिब पदमा रहि आफ्नो जिम्मेबारि पनि समाल्दै आईरहेका छन ।

सामाजिक ब्याक्तित्वका बिच सरल र अनुशासित सामाजिक कार्यकर्ताको रुपमा परिचित भट्टराईले एनआरएनए कतारको २०१७–२०१९ कार्यकालको युवा संयोजकमा उम्मेदवारी दिइएका उनले सबै अग्रजको सल्लाहमा सहमतिको लागि उम्मेदवारी फिर्ता लिएका थिए ।

यस पटक भने आफु सचिव पदमा उम्मेदवार बन्दै गर्दा सम्पुर्णको पार्सदहरुबाट सहयोग मिल्नेमा आशाबादी समेत रहेको बताएका छन ।

प्रतिक्रिया