न्ह्यूको संगीत र प्रलादको शब्दमा ” हाँस्दा त आँशु झर्छ ” सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७६ भदौ ३ गते ११:०३ मा प्रकाशित

छोटो समयमा नै आफ्ना उत्कृस्ट सृजना मार्फत दर्शक सोर्ता माझ आफुलाई चिनाउन सफल गीतकार प्रलाद शाहले आफुले लेखेको पहिलो गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । यसअघि मिलियन क्लबमा पुग्न सफल उनले लेखेका कयौ गीत स्रोता दर्शक माझ लोकप्रिय बनिसकेका छन ।

” हाँस्दा त आँशु झर्छ ” बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर सुमधुर स्वरकी धनी गायिका बानिका प्रधानको रहेको छ । गीतमा संगीत भर्ने काम लोकप्रिय संगीतकार न्ह्यू बज्राचार्यले गरेका हुन भने गीतका मन छुने शब्द प्रलाद शाहले लेखेका
हुन ।गीतको संगीत संयोजनको काम गोपाल रसाइलीले गरेका हुन।

भाका इन्टरटेनमेन्टको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । फराज अर्पणको निर्माणमा लिरिकल भिडियो तयार पारिएको हो ।

प्रतिक्रिया