आविष्कारको दुनियामा नंया फड्को ;एप्पल माला

इनेप्लिज २०७६ भदौ १ गते १४:४९ मा प्रकाशित

 

एप्पल घडी देखिन्थयो नि हातका नाडी भरि
आज देख्छु एप्पल माला गला वरिपरि

गरेउ कि त आविष्कार केहि दूरदराजमा आज
एप्पल ब्रान्डको स्मार्ट माला विश्व बजार माझ!

ट्याबलेट ,घडी ,कम्पुटर, फोन जस्तै गरि बनि
बधाई छ है ल्याउदा आज एप्पल माला पनि

कस्तो फिचर लिइ आ छ आज यसो गरि
एप्पल ब्रान्डकै सामान सरि छाओस बिस्व भरि

सोलारबाट चल्ने हो कि लाग्छ ब्याट्री पनि ?
तामे तार पो उन्या छ कि चार्ज गर्न लाई भनि !

क्यारि उनेउ माला त्यस्तो क्यारी सफ्टवेयर भरेउ !
कारखानामै हलेउ कि त तिम्रै हातले गरेउ ?

दुर्गम मै फली कुहिने अमृत जस्ता फलले
माला बनि बजार पाउदा नेता ज्यूका बलले

मूहार फिरोस ति किसानको जसले यो फल लाए
नेता ज्यूको कृपाले यी विश्व बजार पाए !

बजार नपाई कुहिने श्याउको बन्दा स्मार्ट माला
नेता ज्यूको आविष्कारले विश्व बजार खाला !

किसान मात्रै हैन होला अब देशै पनि
एप्पल माला बेचिकन हुन्छ होला धनी !

बहुराष्ट्रिय कम्पनि त्यो आओस त्यहि गाँउमा
एप्पल माला निर्यात गर्न उसले अनेक ठाँउमा

आविष्कार हैन र यो हो यो भने रहर
माला लाउनि तिम्रो रहर बन्ला फेरि जहर

श्याउका दानामा कहिँले काँही त गुटुमुटु परि
झुशीलकिरो पनि लुक्छ नदेखिने गरि

रहर गरि जे को पनि माला लाउदा खेरि
सल्किएला झुशिलकिरो फेरि हर भरि !

उद्घाटनमा भने पछि जे मा पनि धाउदा
जे को गरेउ उद्घाटन त्यसकै माला लाउदा

बोलाउलान नि कोहि कसैले जुत्ता पसल खोल्दा
कस्तो होला त्यहि जुत्ताको माला लाएर बोल्दा !

सुन्दै छु त खुल्ने हो रे सिस्नो फारम पनि
सुकाएर धुलो बनाइ निर्यात गर्न भनि

उद्घाटनमा जाउला फेरि सिस्नो फारम तिर
होसै नपाई माला लाउला पर्ला ठूलो पिर

– व्यंग्य कबि पन्तको “कोइली “खण्डकाब्य(व्यंग्यकाब्य )बजारमा आउदै छ
अर्जुन राज पन्त ,बाग्लुङ्ग नेपाल हाल प्रबास

प्रतिक्रिया