रबि पक्राउ पर्दा खुसी हुनेहरुलाई यस्तो भने समर्थकले ! रबिको पक्षमा प्रमाण पुग्ला की नपुग्ला ?

इनेप्लिज २०७६ साउन ३२ गते १९:२७ मा प्रकाशित

 


पक्राउ परेका संचारकर्मी रवि लामिछानेको पक्षमा पोखरामा कार्यक्रम गरिएको छ । शनिबार आयोजित कार्यक्रममा स्वतस्फुर्त उपस्थित सर्वसाधारणले रब लामिछानेलाई फसाउन लागिएको आरोप लगाएका छन् ।

उता रबि लामिछाने पक्राउ परेको विषयमा चितवन र काठ्माण्डौँमा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप पनि भएको छ ।

प्रदर्शनकारीको बीचमा प्रहरीको भ्यानमा ढुंगा हान्ने र प्रहरी विरुद्धनै चर्को नारावाजी गर्न थालेपछि प्रहरीले प्रर्दशनकारीहरुलाई माथी अश्रु ग्याँस प्रहार गरेको छ । शुक्रवारको तुलनामा शनिवार प्रर्दशनकारीहरु झनै आक्रमक वनेका छन् ।

प्रहरीले भने संयमता अपनाईरहेको जनाएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयको गेटमै नारावाजी गरेका उनीहरुलाई शनिवार भने त्यहाँ पुग्न दिईएको छैन् । मुल गेटको केही मिटर यतै नारावाजीमा उत्रिएका प्रर्दशनकारीहरुले प्रहरीको विरुद्धमा चर्को नारा लगाएका थिए ।

उनीहरुले आर्यघाटले के भन्छ एसपी मल्ल ले भन्छ जस्ता नारा लगाएका थिए । रवि लामिछानेको रिहाईका लागि भ्रष्टचार विरुद्धको अभियन्ताका रुपमा खरो रुपमा सामाजिक संञ्जाल तथा मिडियामा छाएका रमेश प्रसाई लगायत नारावाजीमा उत्रिएका छन् । शुक्रवारपनि प्रहरी माथी ढुंगामुडा प्रहार गर्दा पाँच जना प्रहरी घाईते भएका थिए भने केही प्रर्दशनकारी पनि घाईते भएको वताईएको छ ।

प्रतिक्रिया