कतारमा नेपाली माथी सांघातिक हमला, एकको ज्यान गयो पाचँ घाईते

इनेप्लिज २०७६ साउन २९ गते १४:१० मा प्रकाशित

दोहा ।

कतारको जैदा पार्कमा नेपाली माथी सांघातिक हामाल हुँदा एक नेपालीको ज्यान गएको छ भने ५ जना घाईते भएका छन ।

नेपाली राजदुतावास कतारले आज जारी गरेको प्रेस विज्ञाप्तिका अनुसार हिजो १३ अगष्ट बेलुकीको समयका दोहास्थीत जैदा पार्कमा उक्त घटन भएको विज्ञाप्तिमा उल्लेख छ ।

मृतक सुनसरी जिल्ला निवासी तवरेज अन्सारी भएको र हाल उनको शव कतारको हामाद अस्पतालमा राखिएको दुतावासको विज्ञाप्तिमा उल्लेख छ ।

घटनामा पाचँ घाईते मध्ये ३ जानको अबस्था भने गम्भिर रहेको र दुईजनालाई समान्य उपचार पश्चात फर्कीएको र घाईते सबै सुनसरी जिल्ला निवासी रहेको दुतावासले जनाएको छ । दुतवासले अन्य थप विवरण चाडैनै उपलब्ध गराउने विज्ञाप्तिमा उल्लेख छ ।

 

 

 

प्रतिक्रिया