श्रीमानको मृत्युको खबर सुनेर श्रीमतीले गरिन आत्महत्या

भोला थापा क्षत्री २०७६ साउन २९ गते ५:०६ मा प्रकाशित

कतार – कतारमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका धनकुटाका ललित लिम्बूको मृत्यु भएको खबर सुनेर ललितकी श्रीमतीले पनि आत्महत्या गरेकी छिन ।

बकर इदको बिदा मनाउन समुद्री किनारामा पौडी खेल्ने क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३, का ३३ वर्षीय ललित लिम्बूको आइतबार ज्यान गएको थियो ।

 

श्रीमानको मृत्यु भएको खबर सुनेपछि उनकी श्रीमती टीका लिम्बूले झुण्डिएर आत्महत्या गरेको धनकुटा समाजका कतारका महासचिव रविन राना मगरले जानकारी दिए ।

टीका एक महिना पहिले कतारबाट नेपाल फर्किएको र ललित पनि नेपाल फर्किने तयारीमा रहेका थिए । टीका पाँच महिनाको गर्भवती भएको पनि समाजका महासचिव मगरले बताए ।

कतारमा रहेको धनकुटा सेवा समाजका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय थिए ।

प्रतिक्रिया