सोमबार, भदौ २ २०७६
काठमाडौं ०७:३१
वासिङटन डिसी 21:46

नेपाली अमेरिकन कम्युनिटी सेन्टर- भर्जिनिया ;बिगतको समीक्षा, बर्तमानको अभिभारा र भविष्यको आँकलन

सादगी २०७६ साउन २६ गते १६:४७ मा प्रकाशित

अगस्त ११ ,२०१९  ,कृष्ण सादगी ,वासिंगटन डिसी मेट्रो क्षेत्र- भर्जिनिया। आज नेपाली अमेरिकन कम्युनिटी सेन्टर निर्माण अभियानको यस घडीमा उभिदै गर्दा नोर्दन भर्जिनियाको नेपाली डायस्पोराले ईतिहाँस रच्न सक्ने परिवेश निर्माण गर्न सक्नु परेको छ। तर के त्यस्तो सम्भव छ त ? छ भने कसरी त्यो सम्भव छ ?

यी सबै बिकासक्रमहरुलाई निरपेक्ष ढंगबाट मसिनो गरी हेरिरहेको र यस पवित्र अभियानमा सकेको जति समयले पनि साथ दिईरहेको पंक्त्तीकारलाई लागिरहेछ त्यो सम्भव छ। हामीहरुले हाम्रा बिगतबाट पाठ सिकेर हाम्रो आफ्नै बर्तमानमा सतर्क बन्दै हामी र हाम्रा सन्ततीको भविष्यप्रति ईमान्दार र प्रतिबद्घ बन्न सक्यौं भने यो सम्भव छ। यसलाई सम्भव बनाउन हामी बढी ईमान्दार भई सतर्कतापुर्वक काम गर्न सक्नुपर्छ। र त्यसो गर्यौं भने हामी मात्रै सफल मात्रै हुदैनौं बरु एक उदहरणीय नेपाली समाज र ‘रोल मोडेल’को नेपाली सामुदायिक केन्द्र निर्माण गरेर अघी बढ्न पनि सफल भएका हुनेछौं।

दशकौ अघीदेखि नोर्दन भर्जिनियाको नेपाली समाजमा हामी सबैको लागि साझा बन्न सक्ने एउटा सामुदायिक केन्द्रको परिकल्पनालाई साकार गर्न प्रयासहरु चलिरहेका थिए। विभिन्न चरणमा विभिन्न संघसंस्था वा सामाजिक अभियन्ताहरुबाट यसरी हुने गरेका पहल र प्रयासहरुले यसको आबश्यकता र जनमतमा भुमिका खेलिरहेकै थियो। यद्धपि किन र कसरी त्यस्ता प्रयासहरुले मुर्तरुप लिन सकिरहेका थिएनन् भन्ने कारणहरुको मिहिन अध्ययन र समिक्षा गरिएन भने आज प्राप्त भएको उपलब्धीको रक्षा गर्न पनि कठिन हुने देखिन्छ।

ईमान्दारीपुर्वक समाजको  आवश्यकता र चरित्रलाई सम्बोधन गर्न सक्ने सामुहिक नेतृत्वको खाँचो आजको आबश्यकता हो।

आजका मितिसम्म आईपुग्दैगर्दा हाम्रो नेपाली समाजमा देखिएका समस्याहरु र तिनका कारणहरुको पहिचान थोरबहुत हामीहरु धेरैले महसुस गरिसकेको अवस्था पनि छ। त्यसैले त्यस्ता समस्याहरु नआउन् भन्न हामी सतर्क बन्न प्रयत्न गरिने तर्क ‘जायज’ ठहरिनेछ।

नेपाली समाजमा देखिएका तिनै समस्याहरुलाई सम्बोधन गर्न सक्नेगरी यस अभियानका ‘हार्डकोर’ अभियन्ता ददीराम ढुंगानाले समन्वयकारी भुमिका निर्वाह गर्दा अपनाएको सतर्कता र कुशलताका कारण अभियानमा शुरुमा दुई चार जनाले साथ दिँदैजाँदा विस्तारै महिनौ पछी समाजले पुर्णत साथ दिएको हो भन्न आज मलाई कति पनि हिचकिचाहट हुनेछैन।

समाजमा ईमान्दारिपुर्वक अहोरात्र खट्ने ती सबै ‘हार्डकोर’ अभियन्ताहरुलाई हामीले सही पहिचान गर्न सकेनौं भने त्यो अन्याय हुनेछ। ददीजीलाई सबैभन्दा नजिकबाट काधमा काध हालेर साथ दिदै महिनौ पहिलेदेखि सप्ताह शुरु हुने अवस्थासम्म सफलता पुर्वक ल्याईपुर्याउन अहोरात्र खट्ने सम्पुर्ण हार्डकोर अभियन्ताहरुमध्ये थप केही साथीहरुको नाम मैले यहाँ लिनै पर्ने हुन्छ। सप्ताह शुरु हुन करिब १०/१५ दिन अघी देखी यस अभियानमा थप केही महत्वपुर्ण साथीहरु जस्तै पुरु सुबेदी, डा. मदन उप्रेती, कविन्द्र सिटौला, खगेन्द्र अधिकारी अर्जुन सिग्देल, पदम रेग्मी, कृष्ण भण्डारी आदी लगायतका अन्य कैयौं साथीहरुको पनि उत्तिकै महत्वपुर्ण समय र साथ रह्यो जस्ले गर्दा हामी आज यस ठाउँमा उभिन सफल भएका हौं।

समुदायका अगुवाहरुले अत्याबश्यक ठानेको बर्षौ भईसक्दा पनि नेपाली कम्युनिटी सेन्टर निर्माणको अभियानमा ‘फण्ड रेजिंग’को महत्वपुर्ण ईभेन्ट भने हुन सकिरहेको थिएन। यसैबीच बाल्टिमोरमा यस्तै उद्देशय राखेर गरिएको सप्ताहका अवसरमा ज्यो. पं. राजेन्द्र खनालले पंण्डित दिनबन्धु पोखरेलसंग भर्जिनियामा पनि सप्ताह कार्यक्रम आयोजना गरी ‘फन्ड रेज’ गर्ने कार्यक्रम गर्ने प्रस्ताव गरेको र पछी त्यसलाई सम्पुर्ण समुदायले ओनरसिप लिने गरी अघी बढाउन ददीजी र अरुणजी एवं गोपालजीहरु सहमत भएबाट यसलाई समुदायको साझा लक्ष्य बनाउन महिनौ बिभिन्न कोढबाट ईमान्दारिपुर्वक प्रयास भएको कुरा पनि बिर्सन हुन्न।

गोपाल रेग्मी, अरुण रुपाखेती, राजेन्द्र खनाल, प्रेम संग्रौला, सुमन तिमिल्सेना आदी अभियन्ता साथीहरुले शुरुदेखी नै समय साथ र हौसलालाई निरन्तर बुलन्द गरिरहनु भएको तथ्य पनि म यहाँ स्मरण गर्न चाहान्छु।

यसै मेसोमा भर्जिनियाको डिसी मेट्रो क्षेत्रमा नेपाली डायस्पोराको बढ्दो उपस्थितीले भर्जिनियाको समग्र नेपाली समाजको लागि एउटा सामुदायिक केन्द्र अनिबार्य आबश्यकताको रुपमा बिकसित हुँदै आएको सत्यतथ्यलाई पनि हामीले भुल्न हुन्न।

आज यस परिबेशमा यसरी यी बिगतका विविध पृष्ठभुमी सहितका तथ्यहरुलाई सारांशको रुपमा प्रस्तुत गर्ने अनुमति चाहान्छु। स्वस्फुर्त रुपमा पुर्ण स्वतन्त्र ढंगबाट यो पंत्तीकारले यो आलेख तयार गर्न गैरहेको छ भन्ने तथ्य समुदायका सम्पुर्ण सदस्यहरु समक्ष राख्न चाहान्छु।

हामी सम्पुर्ण नेपालीहरुको साझा सामुदायीक केन्द्र निर्माणको बर्तमानको जिम्मेवारी र अभिभारा पुरा गर्दै भविष्यलाई मार्ग निर्देश गर्न सक्ने क्षमता, योग्यता, प्रतिबद्दता यस टिममा रहने हरेक व्यक्तित्वमा झल्किनु पर्दछ। राजनीतिक, जातीय वा क्षेत्रीयताको गन्ध र खेलकुद कम्युनिटीका साझा सबालहरुमा कुनै हालतमा घुस्न दिईनु हुन्न। यस कसीमा हेर्दा ईमान्दारीपुर्वक समाजको अाबश्यकता र चरित्रलाई सम्बोधन गर्न सक्ने सामुहिक नेतृत्वको खाँचो आजको आबश्यकता हो।

 

 

प्रतिक्रिया