बाँदर आतंक, बाँदर घरभित्रै पस्नथालेपछि, बाँदरकै कारण बुडा बुडीको भेट भएन ४ महिना 

इनेप्लिज २०७६ साउन २६ गते १६:३९ मा प्रकाशित

खाद्यान्न समस्या झेल्दै आएका कास्कीका कृषक पछिल्ला दिन घरभित्रै बाँदर पस्न थालेपछि थप समस्यामा परेका छन् । बाँदरले पहिले खेतमा लगाएको बाली सिध्याउँथे । अहिले घरभित्र पसरे विध्वंश गरिरहका छन् । ३ वर्षयता गाउँमा आतंक मच्चाउँदै आएका बाँदर घरभित्रै पस्न थालेपछि कृषक हैरान भएका हुन् ।

बाँदरले खेती लापत्ता पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको पुम्दीका खेमराज बराल बताउँछन् । विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको उनको भनाइ छ । “पहिले पहिले त धपाएपछि बाँदर भाग्थे, तर अहिले त्यस्तो छैन,” उनले भने ।

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । तर, कृषकले भने राज्यले बालीनालीको उचित क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने माग गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीका सचिवसमेत रहेका बरालकाअनुसार बाँदरले गाउँ–गाउँमा आतंक मच्चाएपछि संघका तर्फबाट यसको व्यवस्थापनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दरपीठ समेत भएको छ ।

प्रतिक्रिया