कोमल गजल:-

इनेप्लिज २०७६ साउन २६ गते १४:१२ मा प्रकाशित

रीत वा बेरीत हो यो जिन्दगी
टाढिएको मीत हो यो जिन्दगी

टाक्सिएको हुन्छ रोजै हारले
कस्ले भन्छ जीत हो यो जिन्दगी

हाँस्छ कैले रुन्छ कैले जोडले
घाम,पानी,शीत हो यो जिन्दगी

जल्छ छाती वेदनाको रापले
दर्दको सङ्गीत हो यो जिन्दगी

चाहनाले डस्छ कालो सर्प झैँ
रित्तिएको धीत हो यो जिन्दगी

पुग्छ आफ्नो सोचभन्दा बाहिर
लाग्छ आशातीत हो यो जिन्दगी

रच्छ सारा खेल आफैँ दैवले
दैवद्वारा नीत हो यो जिन्दगी

(बहरे रमल मुसद्दस महजूफ)

-कोमल भट्ट
च.न.पा-१३ ,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

प्रतिक्रिया