एनआरएनए कतारको महिला संयोजकमा तनहुँकी अम्वीका

भोला थापा क्षेत्री, २०७६ साउन २६ गते ५:४९ मा प्रकाशित

अम्वीका खत्री महिला संयोजक

कतार- एनआरएनए कतारको आसन्न आँठौ अधिविशेनको महिला संयोजकमा तनहुँ भानु  न.पा पुर्कोटकी अम्वीका खत्री निर्बिरोध चयन भएकी छिन ।

कतारमा लामो समयदेखी व्यवसाय गर्दै आएकी खत्री गत शनिवार एनआरएनए कतारको कार्यसमिती चयन समितीले  प्रकाशन गरेको अन्तीम नामावलीका अनुसार उनी निर्बिरोध चयान भएकी हुन ।

उनी सगै स्याङ्जाकी सरिता भण्डारी पौडेल पनि एनआरएनए कतारको महिला उपाध्यक्षमा निर्बिरोध चयान भएकी छिन ।  “महिला संयोजक नानु घले र महिला उपाध्यक्ष सरिता गुरुङ”ले उम्मेदवारी फिर्ता लिए पछि दुवै जना निर्बिरोध निर्बाचित भएका हुन ।

सरिता भण्डारी पौडेल महिला उपाध्यक्ष

यसै गरि लेखा समिती सदस्यमा पनि कबिन्द्र कडेल र पुरुषोत्तम लामिछाने निर्बिरोध निर्वाचित भएका छन । २ जनाको आवश्यक पदका लागी ३ जनाको उम्मेदवारी मनोनय दर्ता भए पनि दिपक भुजेलले उम्मेदवारी फिर्ता लिएपछि कडेल र लामिछाने निर्बिरोध निर्वाचित भएका हुन ।

माझिको उम्मेदवारी फिर्ता मुसलवान र कटुवाल अध्यक्षमा भिड्ने ।

एनआरएनए कतारको आसन्न आँठौ अधिविशेनको अध्यक्ष पदका लागी उम्मेदवारी मनोनय दर्ता गराएका राम चन्द्र माझीले आफ्नो उम्मेदवारी फिर्ता लिएको कार्यसमिती चयान समितीले प्रकाशन गरेको अन्तिम नामावाली छ ।

माझीले मुक्तदा मुसलवानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ ।

लेखा समिती सदस्य कबिन्द्र कडेल

 

यस्तो छ गत शनिवार कार्यसमिती चयान समितीले प्रकाशन गरेको अन्तिम नामावाली

प्रतिक्रिया