काठमाडौँ – हास्य कलाकार राजु भुजेल (नरनाथ बाजे) को “गुलेली” भाग ६० हास्य टेली श्रृङखला केहि समय अगाडि मात्रै युट्युव च्यानल (Guleli Online TV) मार्फत सार्वजनिक भएको छ ।
गुलेली अनलाईन टि भि को प्रस्तुतीमा सार्वजनिक भएको उक्त हास्य श्रृंखला जय कुमार थापा को परिकल्पना मा विशेष सल्लाहकार राज कार्की हुन् भने पटकथा सम्बाद नवराज उप्रेती ले लेखेका छन मुख्य साहायक निर्देशक गणेश अछामी (क्वाके) को रहेको छ
कथा / निर्देशक राजु भुजेल (नरनाथ बाजे) ले गरेका हुन् भने भारतीय नागरिक सल्मान महमद् साहिद निर्माता रहेका छन् ।
युबराज खत्री को छायांकन तथा सम्पादन रहेको छ ।
चर्चित कलाकारहरू अनु खड्का, माया ढकाल, सुबोध गौतम (एकदुमे), संगम राई (लभ्ली) राजु भुजेल (नरनाथ बाजे), गणेश अछामे (क्वाके) युबराज खत्री, सन्तोष मगर, हरिहर उप्रेति, सरु के सि, सन्जेश उप्रेती, दुर्गा बराईलि, सन्जिब भन्डारि, शिवराम आचार्य, नबिन पुरि, बासु खरेल आदि को अभिनय रहेको छ।
बिगत मा अरुको कम्पनी काम गरेका निर्देशक राजु भुजेल ले हास्य श्रृङखला ‘गुलेली’ आफ्नै कम्पनी Guleli Online TV मार्फत यस अघि नै भाग ५९ सम्म सार्वजनिक गरिसकेका छन समसामयिक तथा लोक कथा मा आधारित उक्त हास्य श्रृङखला लाई दर्शक ले मन पराउने कुरामा निर्देशक राजु ढुक्क छन् भाग ६० सम्म आई पुग्दा विविध कारण ले हास्य श्रृङखला ‘गुलेली’ आउने बन्द हुने भैरहेको थियो अब भने दर्शक को माया, हौसला र प्रतिक्रिया अनुसार निरन्तर आउने निर्देशक ले बाचा पनि गरेका छन् ।
प्रतिक्रिया