कतार आइपुग्यो नेपथ्य

इनेप्लिज २०७६ साउन २५ गते ४:२० मा प्रकाशित

इनेप्लिज, कतार । कतार नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य लाइभ कन्सर्टको लागी कतार आइपुगेको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर – ठिमुरा सेवा समाजको सह-आयोजनामा बकर इदको दोस्रो दिन सोमबार हुने कार्यक्रममा ब्यान्डका प्रमुख अमृत गुरुङ सहित दस जनाको टिम आइपुगेको हो ।

बकर इदको लामो छुट्टीमा कार्यक्रम आयोजना भएकोले कतार बासी नेपाली समेत उत्साहित भएका छन् । कार्यक्रम सनैया ग्रन्ड मल संगैको एसियन टाउन एम्पिथिएटरमा हुने छ ।

आयोजकले कतारका विभिन्न शहर संगै नेपाली क्याम्प सम्म पुगेर प्रचारप्रसार लाई तिब्रता दिइरहेको छ । दुई दशक भन्दा बढी समय देखी निरन्तर गायन संगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफैमा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्न कतारबासी सम्पूर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुन चाहनेले कतारमा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट तथा ग्रेन्ड मल संगै कार्यक्रम हुने स्थल बाहिर राखिएको स्टल बाट समेत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया