विश्व कै अनौठो मुर्ती बनाउदै ! रोबर्ट देखी मुर्ति सम्म | रविन्द्र अधिकारीको सालीक यस्तो बन्दै

इनेप्लिज २०७६ साउन २४ गते २२:५१ मा प्रकाशित

हामी मन्दिर गएर भगवान पुज्छौं । चोकचोकका उभिएका सहिदलाई ढोग्छौं । तर न त मन्दिरमा भगवान थिए न त चोकमा सहिद नै छन् । छन् त केवल भगवानका मुर्ति र सहिदका सालिक ।

विगत २७ वर्ष देखि मुर्ति बनाउँदै आएका तिलविर सुनार सेन्चुरी । उनी सुर्खेतमा जन्मिए हाल पोखराको छोरेपाटनमा मुर्ति बनाउने काम गर्दै आएका छन् । उनले बनाएका मुर्तिहरु अहिले कहाँ कहाँ छन् उनलाई पनि थाहा छैन ।

उनले मुर्ति बनाउन भारतमा सिके । कामको सिलसिलामा भारत जाँदा मुर्तिकार सँग भएको भेटबाट नै उनको पेशा मोडियो । गरिवीले भारत पशेका सुनार जसको घरमा काम गर्थे उनकै बरदान स्वरुप मुुर्तिकार बने । अहिले यो पेशा अंगालीसकेपछि उनको ३ छोरी र १ छोरा सहितको परिवार राम्रोसँग चलिरहेको छ ।

धार्मिक स्थल देबघाटमा निर्माणधिन अस्ट धातुद्धारा निर्मीत विश्वकै एक मात्र मुर्ति उनि बनाउदै छन र रविन्द्र अधिकारीको सालीक एतिबेला उनि बनाई रहेका छन प्रस्तुत छ उनकै जिबन कथामा आधारीत यो भिडीयो सामग्री

प्रतिक्रिया