एनआरएन ए कतारको चुनाव नजिकिदै–माझि लगातै मुसलवान र कटुवाल अध्यक्षमा भिड्ने

भोला थापा क्षेत्री २०७६ साउन २३ गते १२:५० मा प्रकाशित

ईनेप्लिज, दोहा ।

एनआरएनए एनसीसी कतारको अध्यक्ष पदका लागि तेज कट्वाल, मोहमद मुक्तदा मुसलमान र रामचन्द्र माझी भिड्ने भएका छन ।

आगामी २३ अगष्टका दिन एनआरएनए कतारको आठौँ महाधिवेशनको अध्यक्ष पदमा तिनै जना भिड्ने स्रोतले जनाएको छ ।

गत सात दोहाको एक कार्यक्रमविच तीनैजनाको मनोनयन दर्ता भए लगातै आ–आफ्नो माहोल बनाउन कतारका नेपाली समुदयहरु सगँ हातेमालो गरिरहेका छन ।

एनआरएनको नवौँ विश्व सम्मेलन नजिकिँदै गर्दा विश्वभरका एनसीसीमा नयाँ नेतृत्व चयनको लहर चल्दै गर्दा कतारमा पनि नयाँ नेतृत्वका लागि बिभिन्न पदमा दावीहरू चुनावी मैदानमा उत्रिने भएका हुन ।

अध्यक्ष पदका दावेदार तेज कटुवाल

अध्यक्ष पदकै दावी गरिरहेका उम्मेदवार तेज कटुवाल एनआरएनए कतारको वर्तमान प्रथम उपाध्यक्ष हुन, करिव दुई दशकदेखि कतारमा कार्यरत कटुवाल एनआरएनए कतारको कार्यसमिति सदस्य हुँदै कार्यवाहक महासचिव र अध्यक्ष पनि भएर काम गरिसकेको अनुभव रहेका कटुवाल अध्यक्ष पदका लागी दरिलो दावेदार पनि हुन ।

कटुवाले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्दै कतारमा कार्यरत नेपालीका प्रमुख समस्यमा बढी केन्द्रीत हुने र तत्कालीन र दीर्घकालीन समस्याको पहिचान गरी अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

कटुवालले गैर आवासीय नेपाली संघले अवलम्बन गरेका नीति, नियम र योजनालाई निरन्तरता दिदैं विगतका अनुभवको आधारमा लक्ष्य प्राप्तिका लागि भरपुर प्रयत्न गर्ने बताए ।

कटुवालले आफुले विगतमा भोगेका अनुभवहरुलाई एनआरएनए कतारको एक कार्यकालको नेतृत्वमा बसेर सेवा गर्ने चाहाना रहेका कटुवाल एनआरएनए कतारको छविलाई माथि उकास्ने र एनआरएनएको एक उदाहरणीय राष्ट्रिय समिति (एनसीसी)का रुपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

कटुवालले नेपालको सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको कतारमा प्रवद्र्धन गर्न समन्वयात्मक प्रयास गर्ने विषयलाईसमेत उनले आफ्नो घोषणा पत्रको प्राथमिकता रहेको बताउदै कतारमा रहेका अधिकांश संघसंस्था र अग्रजको साथ रहेकोले नेतृत्व आफ्नै पोल्टामा पर्ने दावी समेत गरेका छन ।

अध्यक्ष पदका दावेदार मोहमद मुक्तदा मुसलमान

करिब डेढदशकदेखि कतारलाई कर्मथलो बनाएका मुक्तदा एनआरएनए कतारको वर्तमान सल्लाहकार पनि हुन र उनले गत वर्ष एनसिसिको चुनावको हार समेत वेहोर्नु परेको थियो भने उनी अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्ष कतारमा अन्य विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहदै आएका व्यावसायी पनि हुन ।

उनले गत सालको पराजयलाई उल्टाएर यसपालि एनआरएनए कतारको नेतृत्व सम्हाल्न चुनावी मैदानमा उत्रिएका मुसलमान आफ्नो पक्षमा बहुमत सदस्य रहेको दावी गर्दै यसपटक नेतृत्वको जिम्मेवारी आफैले पाउनेमा विश्वस्त रहेको बताउछन ।

नेकपा पार्टीमा बलीयो पहुँच बनाउदै एनआरएनए अभियानमा अनुभव समेत बटुलेका मुसलमानले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र केही कामको सूची रहेको बताएका छन कतारमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनको प्राथमिक एजेन्डा घोषण पत्रमा रहेको छ ।

उनले वर्तमान कार्यसमितिले सुरुवात गरेका राम्रा कामहरूको निरन्तरतामा पनि आफ्नो प्राथमिकतामा रहने बताउदै प्रवासमा भावनात्मक तथा एकताको मार्गमा सँगै अगाडि बढ्नु पर्छ भन्ने चाहना राख्दै सबै तह र तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउनका लागी आफुले उम्मेदवारी दिएको बताउछन ।

अध्यक्ष पदका दावेदार रामचन्द्र माझी

मुक्तदा र कटुवाल सगै एनसीसी कतारको अध्यक्ष पदम रामचन्द्र माझिको पनि उम्मेदवारी परेको छ । विगत लामो समयदेखी कतारलाई कर्मथलो बनाउदै आएका माझी गत शुक्रबार एक कार्यक्रम विच आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन ।

मुक्तदा, कटुवाल र माझी तीनै अध्यक्षका उम्मेदवार भएपनि प्रवल सम्भावना भने मुक्तदा र कटुवालमा देखिएको भएर होला माझीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपनि चुनावी दौडधूपमा भने व्यस्त भने देखिएका छैनन् ।

के माझीले उम्मेदवारी फिर्ता लिएर दुइजनाको मात्र भिड्न्त होला त यो भने कतारमा निकै चासोको विषय भनेको छ । यदि माझीले उम्मेदवारी फिर्ता लिएको खण्डमा यि दुईमध्ये एनआरएनए कतारको नेतृत्व कस्को पोल्टामा पर्छ त त्यो झन अझ ठुलो चासोको विषय बनेको छ ।
करिव ४ लाख नेपाली कार्यरत कतारमा एनआरएन ए पार्षद भने ४ हजार २ सय ९८ रहेको एसिसिले बताएको छ । आगामी अगष्ट २३ तारिखमा मतदान र अगष्ट ३० मा अधिवेशन सभा हुने एनआरएनए कतारमा ४ हजार २ सय ९८ जनाले चार जना आइसिसी सदस्य, एघार जना पदाधिकारी, अठार जना कार्यसमिती सदस्य र ३ सदस्यीय लेखा समितिको लागि गरि ६९ जनालाई मतदाताले कतार स्थीत नेपाली दुतावासमा मतदान गर्ने एनसिसिले बताएको छ ।

हेरौ यसपालि कतारको एनआरएनमा नयाँ समितीे ४ जना आइसिसि सदस्य, १ अध्यक्ष, १ प्रथम उपाध्यक्ष, १ दित्तिय उपाध्यक्ष, १ महिला उपाध्यक्ष, १ महासचिव, २ सचीव, १ कोसाध्यक्ष, १ सह–कोसाध्यक्ष, युवा संयोजक, महिला संयोजक र १८ जना कार्यसमिती सदस्य सहित १ लेखा समिती संयोजक र २ सदस्य चयन को को हुनेछन भन्ने चाहि आगामी २३ अगष्टनै पर्खिनु पर्ने छ ।

प्रतिक्रिया