एनआर एन ए आइसिसी सदस्यमा कतारबाट युवराजको उमेद्धवारी

भोला थापा क्षत्री २०७६ साउन २२ गते १२:३४ मा प्रकाशित

कतार- गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको आइसिसी सदस्यमा चितवनका युवराज शर्माले उम्मेदवारी दिएका छन् ।

एन आर एन ए एनसिसि कतारको आठौं अधिवेशनको लागि एक दशक देखी कतारलाई आफ्नो कर्मभुमी बनाईरहेका एनसिसि कतारका वर्तमान सचिव समेत रहेका शर्माले उम्मेदवारी दिएका हुन ।

गैरआवासीय नेपाली संघको ९ औ अधिवेशन नजिकिए संगै विभिन्न रास्टिय समन्वय परिषदको चुनावी माहोल समेत तातेको छ । यसै क्रममा एनसिसि कतारबाट आईसिसि सदस्यका लागीे शर्माले पनि मनोनयन दर्ता गराएका हुन ।

कतारको नेपाली समुदायमा बिभिन्न सामाजिक संस्थामा रही निरन्तर सामाजिक सेवामा सक्रिय चितवनको साबिक मंगलपुर ४, हाल भरतपुर महानगरपालिका १६ फुर्तिचोकका शर्मा सामाजिक समस्या पहिचान तथा, जानचेतनाका लागि एनसिसि कतार र आइसिसी साथै सगँ समन्वय गरि काम गर्ने बताए ।

शर्माले सामाजिक पदमा रहेर कामगर्नु भनेको आफु कांचको घरमा बस्नुहो साथै आफुलाई सामाजिक कार्यदिशामा लम्कीरहदाँ आफु पनि पूर्ण रुपमा इमान्दारी हुनु जरुरी छ र समाजलाई आफुले दिएको योगदान संगै आफैले पनि समाजबाट धेरै कुरा सिक्ने बातावरण मिल्छ भन्ने कुरामा विश्वास रहेको बताए ।

विगतका दिनमा एनआरएन ए कतारको विभिन्न उपसमितिमा रहेर समाज प्रति सकारत्मक काम गर्दै आईरहेका शर्मा एनआरएनए एसिसि कतारको २०१७ देखी २०१९ कार्यकालमा सचिव पदमा रहेर आफ्नो जिम्मेबारी निर्वाह गरिरहेका छन ।

कतारमा आफ्नो दैनिकी सँगै सामाजिक कार्यमा पनि व्यस्ता रहने शर्मा विगतका दिनमा कतारमा संस्थागत रुपमा चितवन युवा समुह कतारको सदस्य हुँदै सल्लाहकार, र वर्तमान प्रदेश नम्बर ३ कतारका सल्लाहकार रहेर सामाजिक कार्यहरुमा निरन्तरता दिईरहेको बताउछन ।

साथै शर्माले सामाजिक संघसंगठनमा लाग्नको लागि निरन्तर साथ सहयोग र हौसला प्रदान गर्नुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा एनसिसि कतारले तय गर्ने कार्यक्रमलाई सफल बनाउनको लागि आवाश्यक साथ सहयोग गर्दै आइसिसि र एनसिसि बिच समन्वयको लागि आफ्नो विशेष भुमिका रहने बताए ।

प्रतिक्रिया