‘सोच’ को तिमीले मलाई साहारा सार्वजनीक

इनेप्लिज २०७६ साउन २२ गते ११:०७ मा प्रकाशित


काठमाडौं÷२२ साउन

एक्शन लभस्टोरी फिल्म ‘सोच’ मा समाबेश तिमीले मलाई साहारा बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शन हुने फिल्मको गीतमा नीता ढुंगाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत गरिएको छ ।

शंकर अधिकारी घायलले लेखेको सार्वजनीक गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ । पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको फिल्ममा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा छन् ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मका अन्य कलाकारमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायत छन् ।

गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्म बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको सोचमा एनबि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका लागि समाजोपयोगी सन्देशसमेत रहेको दावी निर्देशक पुजनको छ ।

प्रतिक्रिया