टिभी पत्रकार सालिकराम पुडासैनीको सम्झनामा!!!

इनेप्लिज २०७६ साउन २१ गते २१:०५ मा प्रकाशित

एउटा फक्रिएको फुल ओइलिएर झरेकोछ
खबर दिने ऊ आफै खबर बनेर अखबारमा छापिएकोछ।।

कलम भाच्न खोज्नेहरु विजयोत्सव मनाउदै होलान
बोली रोक्न खोज्नेहरु खुशीले चिच्याउदै होलान ।।

अन्त्य होइन यो प्रारम्भ हो
मृत्यु होइन यो संघर्षको आरम्भ हो ।।

समयको गतिले तिम्रो अभाव पुरा गरिदेला
तिम्रा अधुरा सपना कसैले पक्कै पुरा गरिदेला ।।

प्रेरणाको श्रोत बनेर धेरै मुटुमा धड्किनेछौ तिमी
ध्रुव तारा बनेर हरेक रात त्यो आकाशमा तम्किरहन्छौ तिमी।।

बाबा राजेश्वरी थापा ढकाल
भियना अस्ट्रिया

प्रतिक्रिया