मदन भण्डारीको हत्याबारे ज्ञानेन्द्र शाहीको सनसनीपूर्ण खुलासा, दरबार हत्या काण्डको पनि गरे पर्दाफास ( भिडियो सहित )

इनेप्लिज २०७६ साउन २० गते २१:३१ मा प्रकाशित

काठमाडौं– ‘नेपालको लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले वर्तमान सरकार र राजनीतिक दलका नेताहरु विदेशीहरुका खेलौना भएको आरोप लगाएका छन् । आइतबार सुत्र टिभीसँगको

अन्तरवार्तामा शाहीले २०४६ साल अघिको नेपालमा विकासको गति राम्रो भएको भन्दै अहिले राजनीतिक दल र नेताहरुले राष्ट्रको सम्पत्ति लुट्नुसम्म लुटेको आरोप लगाएका छन् । उनले नेपालको अवस्था बिगार्न २०३६ सालमै बिजारोपन गरिएको भन्दै भारतमा भएको १२ बुँदै सम्झौता र १० बर्षे माओवादी युद्ध विदेशीहरुकै डिजाइन भएको प्रष्ट पारे ।

उनले राजनीतिक दलहरुले नेपालका उद्योग कलकारखाना बेचेर यूवाहरुलाई बेरोजगार बनाएको आरोप लगाउँदै यूवाहरुलाई विदेशिन बाध्य पार्ने राजनीतिक दलकै नेताहरु भएको दावी समेत गरे । उनले भने, ‘विदेशी प्रभूहरुको डिजाइनमा काम गर्ने नेपालका नेताहरुले कहिले पनि जनहितका काम गरेका छैनन् ।

’ अभियन्ता शाहीले मदन भण्डारीको हत्या वर्तमान प्रधानमन्त्री एवम् नेकपाका केपी ओलीले गरेको आरोप समेत लगाए । उनले योगेश भट्टराईले लेखेको एमालेका ३१ राष्ट्रघात नामको किताबमा प्रष्ट रुपमा केपी ओलीलाई भण्डारीको हत्यारा भनेर उल्लेख गरेको जिकिर गरे ।

प्रतिक्रिया