नाम भवानी प्रसाद पौडेल, वर्ष ४८ । घर स्याङ्जा । हाल पोखरा हस्पिटलचोक । शारीरीक अवस्था बोल्न र सुन्न नसक्ने । हो मानिस शारीरीक अशक्तता भएपनि केहि गरेर आफ्नो जिवनयापन गर्न सक्छ । शारीरीक अपाङगता भएका हरेक व्यक्तिहरुसंग फरक क्षमता हुन्छ भन्ने कुरा भवानीको जिवनमा लागु भएको छ ।
भवानी प्रसाद पौडेलसंग मेरो भेट नाग पञ्चमीको केहि समय अघि भएको हो । बोल्न र सुन्न नसक्ने पौडेल अरु झैँ सडकमा माग्न हिडिरहेका थिए । तर उनले आफुलाई सहयोग गर्नका लागि एउटा समाग्री बनाएका थिए । उनले आफ्नै हातले कोरेको नागको फोटो थियो र फोटोको तर मुल्य पनि लेखिएको थियो । अर उनको साथमा थियो गाउँपालिकाले बनाइदिएको एउटा पत्र । पत्रमा लेखिएको थियो उनको बारेमा र उनले गरेको सृजनाको बारेमा । नागपञ्चमी नजिकिदै गर्दा हरेक घरमा नाग टाँस्ने हाम्रो चलन हो हाम्रो संस्कार हो । हामीले नाग किन्छौँ । बनाउन भन्दा किन्न हामीलाई सजिलो लाग्छ ।
तर भवानी जस्तै व्यक्तिहरुले बनाएको नाग किन्नु केवल नाग किन्नु मात्र होइन उनलाई व्यवसाय दिनुमात्र पनि होइन उनको क्षमताको सम्मान हो उनलाइ गरेको सम्मान हो । मसंग भेट हुँदा भवानीले आफैले नाग बनाएर देखाए । हामीले गर्ने नागको पुजा र हामीले गर्ने अपेक्षा भवानी जस्ता व्यक्तिको आर्शिवादले लाग्न सक्नेछ । नाग पञ्चमीको सबैलाई शुभकामना ।
आज नाग पञ्चमीको दिनमा मैले यो भिडियो यहाँहरु माझ प्रस्तुत गरेको छु । र आसा छ यस्ता व्यक्तिहरुको सम्मानको लागि तपाईहरुले यो भिडियो लाईक सेयर गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । आफुलाई लागेको कुरा तलको कमेण्ट बक्समा लेख्नुहोला ।
प्रतिक्रिया