स्वदेश मै रोजगारीको सृजना गर्दै नेपाली इ-कमर्स बिजनेश “ओ माइ कार्ट” सन्चालन

इनेप्लिज २०७६ साउन २० गते १:४२ मा प्रकाशित

जहाँ नेपालबाट वैदेशिक रोजगार, पढाई र अन्य अवसरका लागि बाहिरिने युवाहरूको सङ्ख्या दिनानु दिन बढ्दै छ, त्यहीँ नयाँ सपना, जोश तथा जाँगरका साथ आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने युवाहरूको पनि कमी छैन ।

यही आफ्नै माटोमा केही गर्ने उद्देश्य बोकेका इन्जिनियर दिदी–बहिनी मनिषा र निषा पाण्डेले संसारमै पहिलोपटक ई–कमर्श क्षेत्रमा “पिक्चर टु रियालिटी – अब शक्ति तपाईँको हातमा” नाराका साथ ओमाईकार्ट नामक संस्था स्थापना गरेका छन् ।

तपाईँहरूलाई अर्डर गर्न मन लागेको जुनसुकै वस्तुको एउटा फोटो पठाउनुहोेस् र संसारको जुनसुकै कुनाबाट भए पनि त्यो वस्तु तपार्ईँ समक्ष पु¥याउने जिम्मा ओमाईकार्टले लिन्छ ।

विश्वभर २६,००० भन्दा बढी सपिङ्ग पार्टनर सँग जोडिएको यो कम्पनीले चाहे अमेरिका होस् या इटाली, लण्डन होस् या पेरिस, विश्वको कुनै पनि कुनाबाट तपाईँले चाहनुभएको वस्तु तपाईँकहाँ पु¥याउने छ । अझ सहज रूपमा भन्नुपर्दा तपाईँले कुनै वस्तु कहाँ छ भनी पत्ता लगाउनु पर्दैन, कुनै वेभसाईटको लिङ्क पठाउनुपर्ने पनि जरुरत छैन ।

केवल तपाईँले खोज्नुभएको वस्तुको एउटा सफा फोटो खिचेर पठाउनुहोस् र विश्वको विभिन्न ठाउँमा छरिएर बसेका ओमाईकार्टका कर्मचारीको समूहले तपाईँले रोजेको सामान र तपाईँहरूलाई पर्न आउने खर्च १२ देखि २४ घण्टाभित्रमा तपाईँलाई ईमेल, फेसबुकको मार्फत पठाउने छ ।

नेपाल अहिले पनि प्रविधिको सन्दर्भमा विकासोन्मुख र अभैm पनि पिछडिएकै अवस्थामा यस्ता उपयोगी र नूतन प्रविधिको सोच नेपाली युवाहरूले अगाडि ल्याउनु निकै नै खुशीको कुरा हो । त्यसमाथि महिलाहरूद्वारा सञ्चालित ओमाईकार्ट थुपै्र प्रशंसाको केन्द्रविन्दु बनेको छ।

प्रतिक्रिया